नम्बर फेर्दै, मोटरसाइकल चलाउँदै



हेटौंडा,(नेस)

मकवानपुरगढी–३, सामरी बस्ने दिनेश पौडेलको घरको पिंढीमा पार्किङ गरिराखेको ना. २२ प ७५५९ नम्बर निलो रङको १५० सीसीको पल्सर मोटरसाइकल चोरी भएको निबेदन प्रहरीमा प¥यो ।

खोजतलासका क्रममा शनिबार प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा–६, चौघडास्थित सडकखण्डमा चेक गर्ने क्रममा चोरी भएको मोटरसाइकललाई ना. २४ प ७०९२ नम्बर परिवर्तन गरी चलाइएको अबस्थामा फेला पा¥यो ।

चौघडा बस्ने वर्ष २१ का विनय अधिकारीलाई मोटरसाइकलसहित पक्राउ गरियो । उनलाई चोरी मुद्धामा जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद अनुमति लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्