निर्मलाका हत्यारालाई कारवाहिको माग गर्दै प्रदर्शन



नेपाल समाचारपत्र, पर्वत ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै पर्वतको सदरमुकाम कुश्माबजारमा शनिवार प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा पर्वतमा क्रियाशिल सहित मानवअधिकारर्मीहरुको सहभागिता रहेको थियो ।

निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर उनिहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् । कुश्माबजारको बडागाउँबाट शुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सो अवसरमा उनिहरुले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई हत्यारालाई आवश्यक कानूनी कारवाहि गर्न माग गर्दै ज्ञापन पत्र समेत पेश गरेका थिए । बिरोध ¥यालीमा बजारवासीहरु स्वतः स्फुर्त रुपमा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्