अलिवावाका अध्यक्ष ज्याक माको राजिनामा

0
Shares

 

बेइजिंग, (एजेनसी)
चीनका सबैभन्दा धनी व्यक्तिहरु मध्ये एक ज्याक माले सोमवार इ– कमर्समा साम्राज्य फैलाउँदै गरेको अलिवावा कम्पनीको कार्यकारिणी अध्यक्ष पदबाट सोमवार राजिनामा दिन लागेको अमेरिकी अखवार न्युयोर्क टाइम्सले जनाएको छ ।

उक्त अखवारका अनुसार उनी अलिवावाको बोर्ड अफ डाइरेक्टर्समा भने रहिरहने र उनले शिक्षामा समाजसेवा गर्ने विषयमा ध्यान केन्दि«त गर्नेछन् । मा सन् १९९९ मा स्थापित तथा अहिले विश्वकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी मध्ये एक बन्न सफल अलिवावाका सहसंस्थापक हुन् ।

अन्तराष्ट्रिय बजारको प्रचलित मुल्य अनुसार ४ सय अर्व अमेरिकी डलर भन्दा पुँजी रहेको अलिवावाले अनलाइन मार्फत सामानहरु बिक्रि गर्ने , चलचित्र बनाउने र क्लाउड कम्प्युटिंग गर्ने गर्दछ । पुर्व अँग्रेजी भाषा शिक्षक माले टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा अवकाश भनेको युगको अन्तय नभई युगको शुरुवात भएको तथा आफुलाई शिक्षा क्षेत्र निकै मनपर्ने गरेको बताएका थिए । सोमवार ५४ वर्ष उमेर पुग्न लागेका मासंग कूल ४ सय अर्व डर वरावरको निजी सम्पत्ति छ ।

सन् २०१७ को फोब्र्स पत्रिकामा निकालिएको चिनिया धनीको सुचिमा उनी तेश्रो स्थानमा रहेका छन् । पुर्वी चिनिया प्रान्त झेझियांगको हांगझोउ शहर स्थित एउटा विश्वविद्यालयमा अ्रग्रजी अध्यापन गरी उनले करियर शुरु गरेका थिए । उनले केहि साथीसंग मिलेर हांगझोउ स्थित आफ्रनै घरबाट अलिवावा शुरु गरेका थिए ।

 

Skip This