ब्राजिलका प्रमुख प्रत्यासीमाथि छुरा प्रहार

0
Shares

रियो डि जेनेरो, (एजेन्सी)
ब्राजिलको राष्ट्रपतिय निर्वाचनका प्रमुख प्रत्याशी जेर बोल्सोनारोलाई शुक्रवार एउटा चुनाव प्रचार प्रसार ¥यालीमा भाग लिने क्रममा छुरा प्रहार भएको प्रहरीले जनाएके छ ।

दक्षिण पुर्वी राज्य मिनास गरेसमा भिडमा अचानक कट्टर दक्षिण पन्थि राजनीतिज्ञ बोल्सोनारोलाई छुरा प्रहार गरिएको थियो । आक्रमणकारीलाई तत्कालै घटनास्थलबाट गिरफतार गरिएको थियो ।

अस्पतालका अधिकारीहरुले उनको आन्द्रामा लागेको चोटको शल्यक्रिया सम्पन्न भइसकेको र उनलाई चाँडै निको हुने अनुमान गरिएको बताएका छन् । हालै गरिएको मत सर्भेक्षण अनुसार विवादास्पद राजनीतिज्ञ बोल्सानारोले जातीवादी र समलिंगी विरोधी टिक्का टिप्पणीहरु गरेर ब्राजिलमा थुप्रै मानिसलाई आक्रोसित बनाएका छन् ।

सो सर्भेक्षणले यदि पुर्व राष्ट्रपति लुला दा सिल्भालाई चुनाव लड्नबाट रोकिएको खण्डमा आगामी अक्टोवरमा हुन गइरहेको राष्ट्रपतिया चुनावको पहिरो चरणमा उनले सबैभन्दा बढि मत हासिल गर्नेछन् तैपनि अन्तत उनले चुनाव जित्ने संभावना भने कमै रहेको जनाएके छ ।

लोप्रियताको आधारमा नकि ैअगाडि रहेतापनि बामपन्थि लुला अहिले भ्रष्टाचारको अभियोगमा कारगारमा थुनिएका छन् । तर उनले आफु माथि चुनाव लड्नमा लगाइएको प्रतिवन्ध विरुद्ध अदालत समक्ष अपिल गरेको छ । यसपालिको यो चुनाव ब्राजिलको इतिहासमै सबैभन्दा अस्थिर सावित हुने भएको छ ।

Skip This