योगा बल मार्फत सहायक प्राध्यापकद्वारा पत्नी र पुत्रीको हत्या



हंगकंग,(एजेन्सी )
पेशाले शल्यक्रिया गर्न लागेका बिरामीहरुलाई बेहोश बनाउने अर्थात एन्यास्थेटिस्टले कार्वन मनोक्साइड ग्यास भरिएको एउटा योगा बल प्रयोग गरी पत्नी र पुत्रीको हत्या गरेको हंगकंगको एक अदालतले जनाएको छ ।

सरकारी वकिलहरुले ख किम सुन नामक ति व्यक्तिले विषक्त ग्यास भरिएको सो बललाई प्वाल पारेर आफ्ना पत्नी र पुत्री रहेको कार भित्र राखेको अभियोग लगाएका छन् । सन् २०१५ मा बन्द गरिएको कार भित्र तिनीहरुको शव फेला पर्दा शुरुमा त प्रहरी छक्कै परेको थियो । तर खले भने यस काण्डमा आफु दोषि नरहेको अडान लिँदै आएको छ ।
पोष्टमार्टमको परिणामले उनकी पत्नी र जेष्ठ पुत्रीको कार्वन मनोक्साइडको विष लागेर मरेको जनाएको छ । प्रहरीले कार भित्र प्वाल परेको योगा बल फेला पारेको थियो ।

वकिलहरुले हंगकंगको उच्च अदालत समक्ष खले आफ्नो अन्य महिलासंग प्रेम प्रसंग रहेको र पत्नीले पारपाचुके नदिएकाले जानीजानी यसरी षडयन्त्र गरी तिनीहरुको हत्या गरेको बताएको साउथ चाइना पोष्टले जनाएको छ । तर वकिलहरुले उनले आफ्नी पुत्रीलाई पनि मार्नुको कारण भने प्रहरीले पनि बुझेको छैन ।

प्रत्यक्षदर्शीहरुले हंगकंगको चिनिया विश्वबिदालयका सहायक प्राध्यापक खले दुईवटा बलमा कार्वन मनोक्साइड भर्दै गरेको देखेको दावी गरेका छन् । उनले आफ्ना सहकर्मिहरुलाई ति बल खरोयो मार्न प्रयोग गर्न लागेको बताएका थिए । तर प्रहरीलाई दिइएका बयानमा भने उनले घरमा मुसाको समस्याबाट छुटकार पाउन आफुले ति बल प्रयोग गरेको बताएका थिए । यो मुद्धा अझै जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्