अभियोग लगाएमा अमेरिकी बजार ध्वस्त हुने ट्रम्पको चेतावनी



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले यदि उनी विरुद्ध महाभियोग लगाइएमा अमेरिकी अर्थतन्त्र धरासायी हुने बताएका छन् । फम्स एन्ड फ्रेन्डसलाइ दि एको अन्तरवार्तामा उनले भने– म तपाईलाई भन्न चाहन्छु, यदि म विरुद्ध कुनै बेला महाभियोग चलाउँछ भने बजार क्र्य्रास हुने छ । यसले जो कोही पनि अत्यन्त गरिब हुनेछ भन्ने मलाई लागेको छ ।

ट्रम्पका पुर्व महान्यायधिवक्ता कोहेनले सपथ लिएर ट्रम्पमाथि गम्भिर आरोप लगाएका छन् । ट्रम्पले उनलाई अमेरिकी राष्टपति चुनाव अभियानमा वित्तिय कानुन उलंघन गरी ठुलो अपराध गर्न भनेको बताए । उनको उक्त बयानपछि ट्रम्पको बढ्दो कानुनी चिन्तालाई लिएर अभियोजनका विषयमा सोधिएको प्रश्न सोधिएको थियो । जवाफमा ट्रम्पले यदि उनी विरुद्ध अभियोग लगाइएमा अमेरिकाको अर्थब्यवस्था ध्वस्त हुने बताएका थिए ।

ट्रम्पले भने– जसले प्रचुर रोजगारी दिएको छ, त्यसतो ब्यक्तीमाथि अभियोग कसरी लगाउन सक्छ, मैले बुझेको छैन ।
यसअघि ट्रम्पले कोहेनमाथि आक्रामण गर्दै उनी राम्रो वकिल नभएको र कहानी बनाइरहेको आरोप लगाए । उनले आफनो पुर्व चुनाव अभियान प्रमुख पल मनाफोर्टको प्रंशसा गदै उनलाई साहसी ब्यक्ती बताए । ट्रम्पले ट्विटमा यदि कसैले राम्रो वकिल खोजिरहेको हो भने कोहेनको सेवा नलिन आफनो सुझाव रहेको उल्लेख गरेका छन् ।

ट्रम्पका पुर्व वकिल माइकल कोहेनले उनलाई समस्यामा पार्दै चुनावी अभियानमा उलंघन भएको स्विकार गरेका थिए । प्रचार अभियानका क्रममा दुई महिलालाई ट्रम्पसँग उनीहरुको कथित सम्बन्धमा मौन बस्नका लागि पैसा दिएको उनले स्विकार गरेका थिए ।

यसअघि राष्टपति ट्रम्पले आफना पुर्ववर्ती बाराक ओबामाको चुनाव अभियानमा पनि वित्तिय नियमको उलंघन भएको तर उनको मुद्दाले सजिलै निकासा पाएको दावी गरे । कोहेनले सबैलाई आश्चर्यचकित पार्दै आर्थिक संहिताको उलंघन गरेको स्विकार गरेपछि ट्रम्पको उक्त बयान आएको हो ।

प्रतिक्रिया दिनुहोस्