इजरायली सहरमा क्षेप्यास्त्र हमला गर्ने चेतावनी



तेहरान (एजेन्सी)
इरानको रिभोलुसनरी गार्डसले यदि अमेरिकाले इरानलाई धम्की दिएमा उनले इजरायली सहरमा क्षेप्यास्त्र हमला गर्ने चेतावनी दिएको छ ।

अमेरिकाद्वारा इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गर्न दबाव दिइरहे पनि रक्षात्मक क्षमता बढाइरहेन पनि रिभोल्युसनरी गार्डले बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । अमेरिकाले सन् २०१५मा विश्वका ६ शक्ति राष्ट्र र इरानबीच भएको परमाणु सम्झौताबाट गत मेमा हात झिकेको थियो ।

यसैमहिनाको सुरुवाटमा ट्रम्पले इरानमाथि पुन प्रतिबन्ध लगाउन सुरु गरेका छन् । उक्त प्रतिबन्धले अन्य देशलाई पनि इरानसँग ब्यापार गर्न रोक्छ । यसपछि इरान र अमेरिकाबीच तनावको स्थिति रहेको छ ।

यसबीच इरानका एक वरिष्ठ धर्मगुरु अयातुल्लाह अहमद खातेमीले बुधबार चेतावनी दिँदै यदि उनको देहमा इजरायल र अमेरिकाद्वारा हमला भएमा इरानले त्यसको उचित जवाफ दिने बताएका थिए ।

खातमीले तेहरानमा नमाजमा भेला भएकाहरुलाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्टपति ट्रम्पसँगको वार्ता असम्भव भएको बताए । उनले भने– अमेरिका वार्ताका क्रममा उसले जे भन्छ त्यसलाई स्विकार गर्नु पर्ने भन्छ । यो वार्ता होइन तानाशाही हो । इरान तानाशाही विरुद्ध उभिनेछ ।

इरानसँगको युद्धको मुल्य अत्यन्त उच्च हुने खातेमीले बताए । यदि अमेरिका उनको देशलाई अलिकति पनि हानी पुर्याउने प्रयास गर्छ भने इरानले अमेरिका र त्यस क्षेत्रमा उसको सहयोगी देश इजरायललाई निशाना बनाउने उनले चेतावनी दिए ।
यसअघि देशका सर्वोच्च नेता अयातुल्ला अली खोमिनीले परमाणु सम्झौतामा ट्रम्पको बिना शर्त वार्ताको प्रस्तावलाई अस्विकार गरेका थिए । यदि अमेरिकाले भेट्न चाह्यो भने ठीक छ, यदि उसले भेट्न चाहेन भने उसले त्यसमा अलि पनि चासो देखाउने नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्