उत्तर कोरियाको जनसंख्या २ करोड ५६ लाख



सिओल । उत्तर कोरियाको जनसंख्या यसवर्ष एक लाखले वृद्धि भई २ करोड ५६ लाख पुगेको अमेरिकास्थित विश्व जनसंख्या ब्यूरोले जनाएको छ ।रेडियो फ्री एसियाका अनुसार सन् २०१८ को विश्व जनसंख्या विवरणमा अहिलेकै स्थितिमा जनसंख्या वृद्धि भए उत्तर कोरियाको जनसंख्या सन् २०३० मा २ करोड ६७ लाख पुग्नेछ ।

सन् २०३० पछि भने कोरियाको जनसंख्या वृद्धिमा कमी आउनेछ । सन् २०५० सम्ममा यो जनसंख्या २ करोड ६८ लाख हुनेछ ।ब्यूरोका अनुसार प्रजनन दर २।१ बाट घटेर १।९ पुगेको छ । ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिको संख्या कूल जनसंख्याको १० प्रतिशत रहेको छ र सन् २०५० मा यो दोब्बर हुनेछ ।उत्तर कोरियाको शिशु मृत्युदर प्रति १००० जन्ममा सन् २०१८ मा १२ रहेको छ जबकी यो संख्या सन् २०१७ मा १६ र सन् २०१५ मा २५ थियो ।

प्रतिक्रिया दिनुहोस्