अनुभव वयस्क हुँदै जाँदा नाईं नभन्नु ल रोकिन सक्छ ः विकासराज आचार्य



– रश्मी थापा
‘हो मैले नाईं नभन्नु लबाट बच्चालाई माया गर्न सिकाएको हुँ। किनकी म जहाँ पनि माया र भाइचारा होस् भन्ने चाहन्छु। बच्चालाई बन्दुक बोक्न सिकाउनु भएन, त्यसैले मैले फिल्ममार्फत हरेक उमेर र तप्काका मानिसलाई माया गर्न सिकाएको छु। किनकी मलाई हिंसा र घृणा भन्ने कुरा नै मन पर्दैन। बच्चालाई लभ गर्न सिकाउने फिल्म भनेर नाईं नभन्नु ल सिरिजमाथि लागेको आरोपप्रति त्यसका लेखक तथा निर्देशक विकासराज आचार्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने।

नार्इं नभन्नु ल २ को शुरूदेखि नै विशेषतः बालबालिकालाई प्रमुख पात्रका रुपमा खडा गरी विकासले बनाउँदै आएको नामको आधारको सिरिज नाईं नभन्नु ल ५ आगामी शुक्रबार अल नेपाल रिलिज हु“दै छ। यही मेसोमा भएको भेटमा विकासले यो सिरिजको प्रमुख कलाकारका रुपमा रहँदै आएका बालकलाकार अनुभव रेग्मीबाटै नाईं नभन्नु लको सुरुआत भएको बताए।

विकासले रिदम बनाउने क्रममा बालकलाकार अनुभव रेग्मीलाई भेटेपछि नाईं नभन्नु लको कथाको सोच आएको र अनुभव वयस्क हुँदै जाँदा नाईं नभन्नु लको सिरिजमाथि चुनौती थपिएको स्वीकार गरे। ‘अनुभवजस्तो ट्यालेन्ट बच्चा मैले आजसम्म देखेको छैन। उसको कार्यक्षमता नै अद्भूत ढंगको छ। रिदमको बेला उसलाई राम्ररी नेपाली बोल्न आउँदैन थियो। त्यसैले उनको आमा कविता शर्माले नेपालीमा डाइलग भन्दिएपछि उसले एकैचोटीमा त्यसलाई टिपेर एक्सप्रेसनसहित भनिहाल्थ्यो। नीर शाह पनि यत्तिको क्षमतावान् बालक मैले देखेको छैन भन्नुहुन्छ बेलाबेलामा। सायद ऊ नभएको भए यो श्रृङ्खला यहाँसम्म आउँदैन थियो होला’, विकास भन्छन्– ‘सायद ईश्वरले पनि हेर्छन्, ईश्वरले मलाई अहिले सेड्रिना शर्मा दिए। उनी पनि निकै क्षमतावान् भेटिइन्।

अनुभव वयस्क हुँदै जाँदा ईश्वरले मलाई अर्को अनुभव रेग्मी दिन्छन् कि?’ अनुभव वयस्क हुँदै जाँदा उनीसँगै नाईं नभन्नु लको कथा पनि वयस्क हुँदै जाला कि त भनेर प्रश्न गर्ने हो भने विकास भन्छन्– ‘यो त राम्रो आइडिया हो। ऊ अझै वयस्क भएपछि एउटा कथा त्यही उमेरको प्रेमकथामा बनाउ“ला भन्ने मेरो सोच छ। नभएचाहिँ अनुभव वयस्क हु“दै गएपछि एउटा टाइममा गएर नाईं नभन्नु ल अगाडि बढ्दैन भन्ने लागेको थियो। अथवा ऊ वयस्क हु“दै जा“दा तपाईंले भनेजस्तै उसकै उमेरअनुसारको कथा लिएर पनि सिनेमा बनाउन सकिन्छ। तर यसरी फिल्म बनाउँदा पनि त्यहाँ बाल कलाकार पनि हुनेछन्।’

नाईं नभन्नु ल सिरिजस“गै रिदमजस्तो फिल्म निर्देशन र थुप्रै फिल्म लेखनमार्पmत नाम कमाएका विकास नाईं नभन्नु ल सिरिजबाट दर्शक रुवाउने निर्देशकका रुपमा चिनिन्छन्। ‘नाईं नभन्नु लमा विकासराज आचार्य र रुवाउने कथा पर्यायवाची नै हो। मान्छे घरमा रुन सक्दैन, त्यसैले म हलमै रुवाइदिन्छु। सिरिज भनेको एउटा फिल्मकथाको विश्रामपछि फेरि त्यही कथाको अर्को फिल्म हो। तर मैले नाईं नभन्नु ल सिरिजमा नयाँनयाा कथा प्रस्तुत गरेर नयाँ परम्परा बसालेको छु। फिल्म छक्कापन्जा २ बाट पनि मैले यस्तै सुरुआत गरिदिए“। मनोरन्जनमा हरेक कुरा हुनुपर्छ। नार्इं नभन्नु ल ५ मा पनि सबै छ, तर हाँसो कम र आँसु बढी। ‘सबै कुरा समावेश गरेर चटपटे बनाउने प्रयास गरेको छुु’, विकासराज गफिए ‘जसरी नाईं नभन्नु लका सिरिजलाई जस्तै यसलाई पनि बालबालिकाको मनोविज्ञानलाई असर गर्ने फिल्म भनिएको छ, त्यो कुरा फिल्म हेरेपछि आकासको बादल हटेजस्तै छ्यांग हट्नेछ।’

आफू सानो छँदा पढेको मधुमालतीको कथा नै नाईं नभन्नु लका लागि प्रेरणाको स्रोत भएको विकास बताउँछन्। ‘म बालबालिकासँग बढी रमाउँछु। त्यसैले मैले नेपालमा बालबालिकाको लागि स्वस्थकर सिनेमा नभएको अवस्थामा उनीहरुका लागि भनेर फिल्म बनाएको हो। तर उनीहरुलाई सिनेमा हेर्न लैजा“दा उनीहरुको अभिभावकले हेर्ने कुरा पनि हुनुपर्छ। यस कारण यसपालिको सिरिज पनि पारिवारिक फिल्म बनाएको छु’, विकास भन्छन्– ‘मानिसले यसको सिरिजमध्ये अहिलेसम्म नार्इं नभन्नु ल २ लाई बढी मन पराए तर नाईं नभन्नु ल ५ सबैभन्दा उत्कृष्ट सिरिज हुनेछ।’ उनले बीचमा केही फिल्म बनाएपछि नाईं नभन्नु ल ६ बनाउने गरी तयारी चलिरहेको र यसका लागि स्क्रिप्ट लेखन कार्य पनि भइरहेको बताए।

नाईं नभन्नु ल सिरिजमार्फत नेपाली फिल्म जगत्मा थुप्रै नयाँ कलाकार, गायक गायिका र प्राविधिक जन्माएका विकासले नायिका वर्षा राउत, वर्षा सिवाकोटी, पल शाहजस्ता कलाकारलाई विभिन्न सिरिजमार्फत डेब्यु गराएका थिए भने यसपटक बाल कलाकारका रुपमा सेड्रिना शर्मालाई डेब्यु गरँएका छन्। साथै पुराना कलाकार निरुता सिंह र दिलिप रायमाझीलाई पनि पुनरागमन गराएका छन्।

यस वर्षको प्रतिक्षित फिल्मको रुपमा लिइएको नाईं नभन्नु ल ५ को ट्रेलरले युट्युबमा निकै चर्चा कमाएको छ। बाल प्रेमलाई मुख्य विषय बनाएर निर्माण गरिएको फिल्ममा बाल कलाकारद्वय अनुभव रेग्मी र सेड्रिना शर्मा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसीलगायतका कलाकारको अभिनय रहेको छ। सामीप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा वसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी पुरुषोत्तम प्रधानको छायांकन र अर्जुन जसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्