शवदाह गृहमा लागु औषध जलाइयो



ब्युनसआयर्स,(एजेन्सी)
रुस तथा अर्जेन्टिनाले गत वर्ष अर्जेन्टिना स्थित रुसी दुतावासमा छापा मारेर फेला पारिएको ३ सय ८९ किलोग्राम कोकिनलाई नष्ट गर्न राजधानी ब्युनस आयर्स स्थित बिद्युतिय शव दाह गृह प्रयोग गरेको बुधवार प्रहरीले जनाएके छ ।

यसरी नष्ट गरिएको कोकिनको अन्तर्राष्ट्रिय प्रचलित मुल्य करिव ९ करोड ३० लाख अमेरिकी डलर रहेको बताइएको छ । उक्त लागु औषध काण्डमा दुवै राष्ट्रमा पक्राउ पर्ने छ जना मध्ये रुसी दुतावासका एकजना पुर्व कर्मचारी एकजना अर्जेन्टिनी प्रहरी पनि परेका थिए ।

 

यसरी लागु औषध जलाइएसंगै यस सम्बन्धी प्रहरी अभियान पनि सकिएको मानिन्छ । सन् २०१६ मा ततकालिन रुसी राजदुतले राजदुतावास परिसरमा १२ वटा सँदिग्ध सुटकेस लुकाइएको अवस्थामा भेटिएको खवर प्रहरीलाई दिएका थिए । ति सुटकेसमा कोकिनका प्याकेटहरु राखिएको फेला पारिएको थियो ।

राति गोप्य ढंगले राजदुतावासकै साँचो प्रयोग गरी कोठा भित्र प्रवेश गरेका अर्जेन्टिनी प्रहरीले कोनिको स्थानमा पिठो राखिदिएका थिए । तिनीह्रुले त्यसमा जिपिएस ट्रयाकिंग उपकरण पनि जडान गरेका थिए । ति सुटकेसका मालिकहरुलाई समात्ने उद्देश्यले यस्तो योजना बुनिएको थियो । तर लामो समय सम्म प्रहरीले अपराधिहरुलाई पर्खनु परेको अर्जेन्टिनी सुरक्षा मन्त्री प्यात्रिसिया बुलरिचले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्