चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड नाघे



बेइजिङ (एजेन्सी)
चीनमा इन्टरनेट प्रयोग गर्ने जनसंख्या ८० करोड नाघेको चिनियाँ सरकारले जारी गरेको पछिल्लो आंकडाले देखाएको छ ।

चाइना इन्टरनेट नेटवर्क इम्फोर्मेसन सेन्टर (सीएनएनआईसी)ले जारी गरेको ताजा प्रतिवेदनमा चीनमा इन्टरनेटमा पहँुच राख्ने संख्या ८० करोड २० लाख पुगेको उल्लेख गरिएको छ । उद्योग तथा सुचना मन्त्रालयको एक साखाका रुपमा रहेको र मुलुकको कोड डटसीनलाई नियन्त्रण गर्न जिम्मेवार उक्त एजेन्सीले सन् २०१८ को पहिलो ६ महिना भित्र पहिलो पटक अनलाइनमा आउने मात्र २ करोड ९६ लाख ८०हजार नागरिक भएको अनुमान गरेको छ ।

अमेरिकामा इन्टरनेट प्रयोगकर्ता करिब ३० करोड रहेको अनुमान गरिएको छ । चीनमा इन्टरनेट प्रयोग गर्नेको संख्या जापान, रुस, मेक्सिको र अमेरिकाको संयुक्त जनसंख्या भन्दा बढेको ब्लुमबर्गले जनाएको छ ।

नयाँ तथ्यांक अनुसार देशमा ५७ दशमलव ७ प्रतिशत इन्टरनेट सेवा लिएका छन् । यसमा ७८ करोड ८० लाख जनता मोबाइल इन्टरनेट प्रयोगकर्तामा पर्छन । यसले ९८ प्रतिशत जनता इन्टरनेटको पहँुचमा रहेको देखाएको छ भने देशमा मोबाइल कति गम्भिर विषय भएको छ भन्ने कुरालाई उजागर गरेको छ ।

अन्य उल्लेखनिय आंकडामा २१ प्रतिशत चिनियाँ इन्टरनेट प्रयोगकर्ता अनलाईन बैंकिङ युजर्स पनि रहेको देखाइएको छ । ७१ प्रतिशतले अनलाईन भुक्तानी वा इ–कमर्स सेवा प्रयोग गर्छन् ।

७४ दशमलव १ प्रतिशतले बाइटडान्सेज डौययिन एप लगायत साना भिडियो एप्लिकेसनको प्रयोग गर्छन् । त्यसैगरी ३० दशमलव ६ प्रतिशतले बाइक सेरिङ एप, ४३ दशमलव २ प्रतिशतले ट्याक्सी बुकिंग गर्ने एप्स, ३७ दशमलव ३ प्रतिशतले बस तथा ट्रन रिजर्भबा लागि इन्टरनेटको प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्