साउदीमा महिला अभियन्ता लगायत पाँचजनालाई मृत्युदण्डको माग



रियाद,(एजेन्सी)
साउदी अरबको सरकारी वकिलहरुले पाँच मानव अधिकारवादी अभियन्तालाई बुधवार मृत्युदण्डको माग गरेका छन् । ति अभियन्ता विरुद्ध हाल एक गोप्य आतंकवादी अदालतमा मुद्धा चलिरहेको मान अधिकार पहरेदार निकायले सार्वजनिक गरेको छ ।

पक्राउ गरी यसरी मुद्धा चलाइएका मध्ये एक इस्रा अल–घोम्घम नामक महिला पनि रहेकी छिन् । साउदी अरबका अभियन्ताहरुका अनुसार उनी सम्भवतः मानव अधिकार आवद्ध भएर मृत्युदण्ड सामना गर्ने पहिलो साउदी महिला हुन् ।

उनीमाथि सरकार विरुद्ध सर्वसाधारणलाई भड्काएको र आन्दोलनकारीलाई नैतिक समर्थन दिएको जस्ता थुपै्र आरोप लगाइएकोे छ । मध्य पूर्वमा मानव अधिकार मामिलाको पहरेदार निकायका निर्देशक साराहा लेह ह्वाइटसनले बुधबार जारी गरेको एक वक्तव्यमा उल्लेख गरिएको छ , ‘ जुनसुकै मृत्युदण्ड आफु स्वयममा आलोचना योग्छ तर इस्रा अल–घोमघम जस्ती कनैपनि हिंसात्मक गतिविधिमा नलागेकी व्यक्तिलाई मृत्युदण्ड दिन खोज्नु राक्षसीपना हुन् । ’

४४ वर्षिया घोमघम साउदी अरबमा शिया मुसलमान समुदायको अधिकारको वकालत गर्ने एक प्रमुख अभियन्ता हुन्न् । उनलाई सन् २०११ मा पूर्वी प्रान्तमा भएको आम विरोध प्रदर्शन उक्साएकोे आरोप लागेको छ । साउदी अरेवियाको सिया मुश्लिम बाहुल्य तथा धेरै तेल उत्पादन हुने पुर्वी क्षेत्रमा वसोवास गर्दै आएकी उनलाई सन् २०१५ को डिसेम्वरमा उनको पतिसंगै गिरफतार गरिएको थियो ।

निरकुंश राजतन्त्र रहेको साउदी अरबमा सार्वजनिक विरोध तथा राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाइएकोे छ । पछिल्लो समय यस अधिराज्यमा शक्तिशाली युवराज सलमानको नेतृत्वमा केही ठूला सामाजिक र आर्थिक सुधारकार्यहरु कार्यान्यन गरिएका छन् ।

तर सामाजिक परिवर्तनसँगसँगै सरकारको विरोध गर्नेहरुमाथिको धरपकड पनि ह्वात्तै बढेको छ । गत वर्ष दजनौं संख्यामा धर्मगुरु, बुद्धिजीवि र अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

साउदी अरबका अधिकांश अल्पमत शिया मुस्लिम समुदायले आफूहरुलाई देशको बहुसंख्यक सुन्नी सम्प्रदायले धार्मिक अनुसष्ठानमा बाधा पु¥याउने गरेको आरोप लगाउने गरेका छन् । साथै तिनीहरुले सरकारले आफूहरुलाई शिक्षा र रोजगारीको अवसरबाट समेत बन्चित गराएको गुनासो गर्ने गरेका छन् । तर साउदी सरकारले भने यी आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्