सुनले छोपेको मिठाई, किलोको ९ हजार भारु



सुरत (एजेन्सी)
के तपाईले किलोको ९ हजार भारु अर्थात १४ हजार ४ सय रुपैया पर्ने मिठाइका बारेमा सुन्नु भएको छ ? यदि छैन र खाने इच्छा गर्नु हुन्छ भने भारतको गुजरात राज्यको सुरत सहरमा यति महँगो मिठाई खान सक्नु हुने छ ।

हिराको सहरका नामले चर्चि सुरुतमा गोल्डन स्विट नामको यो मिठाई मान्छेहरुको आकर्षणको केन्द्र बनिरहेको छ । रक्षा बन्धन र तिहार नजिकिँदै गर्दा मानिसहरु मिठाई किन्न थालिसकेका छन् । तर यति धरै महँगो मिठाइलाई लिएर मान्छेहरुमा कौतुहलता देखिएको छ ।

गुजराती साहित्यमा एक भनाई चर्चित छ– जसरी काशीमा प्राण त्याग्न सर्वश्रेष्ठ हुन्छ, त्यसैगरी सुरतमा खाना सबैभन्दा राम्रो हुन्छ ।

उक्त मिठाई बनाउने रोहन मिठाइवालाले सन्चार माध्यमलाई भने– हामीले पाँच प्रकारका मिठाई बनाएका छौं , जसमा सबैभन्दा उच्चकोटीका सामान प्रयोग गरेका छौं । यसमा ओखर राखिएको छ, जुन आफैमा अत्यन्त विशेष हो । यसमा राखिएका केसर स्पेनबाट झिकाइएको हो । त्यसैगरी १८० नम्बरको काजु प्रयोग गरिएको छ ।

उनीहरुले काजुकरी, नरगिस कलम, पिस्ता बादशाह, ड्राई फुड आउट र केसर कुज नामका पाँच मिठाई बनाएको रोहनले बताए । तर कुनै पनि मिठाईको मुल्य प्रतिकिलो ९ हजार भारु कसरी हुनसक्छ भन्ने प्रश्न भने सबैको हुन सक्छ ।

यसको कारण बताउँदै रोहनले भने– यस मिठाईमा शुद्ध सुनको ‘टपक‘ले छोपेको हुन्छ । जसको कारण यसको मुल्य पनि बढ्छ । त्यतिमात्र होइन, यस मिठाईमा प्रयोग हुने सुन गहणामा प्रयोग हुने भन्दा मंहँगो हुन्छ । किनभने यसलाई खान योग्य बनाउने प्रक्रियाबाट गुज्रनु पर्ने हुन्छ ।

यसतो मिठाइ बनाउने विचार आफनो पसलको रजत जयन्तीका अवसरमा आएको रोहनले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्