कवि तथा पुर्व भारतिय पं्रधानमन्त्री वाजपेयीको एम्समा निधन



नयाँदिल्ली (एजेन्सी)
भारतका पुर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ बर्षको उमेरमा विहिबार एम्समा उपचारका क्रममा निधन भएको छ ।

एम्स अस्पतालले विहिबार साँझ जारी गरेको विज्ञप्तीमा भनिएको छ– पुर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीले २०१८ अगस्ट १६को साँझ स्थानिय समय ५ बजेर ५ मिनेट जाँदा अन्तिम स्वास लिए । विगत ३६ घण्टामा उनको स्वास्थ्य स्थिति खराब भएको थियो । हामीले पुरै प्रयास गरेँ तर आज उनलाई बचाउन सकिएन ।

बाजपेयीलाई पिसाबमा संक्रमण र किड्नी सम्बन्धी समस्या देखिएपछि जुन ११ मा एम्समा भर्ना गरिएको थियो । मधुमेह रोगी वाजपेयीको एउटैमात्र किड्नीले काम गरिरहेको थियो ।


बाजेपेयीको स्वास्थ्यमा बुधबारबाट तिब्र रुपमा गिरावट आएको थियो । यसअघि एम्सले मेडिकल बुलेटिन जारी गरि पुर्व प्रधानमन्त्रीको स्वास्थ्य स्थिति अत्यन्त खराब भएको जानकारी दिएको थियो । त्यसपछि विहिबार विहान दोश्रोपटक विज्ञप्तीमा उनको स्वास्थ्यमा कुनै सधार नभएको उल्लेख गरेको थियो । त्यसपछि बाजपेयीलाई हर्न एम्समा नेताहरुको भिड लागेको थियो ।

बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदी उनको स्वास्थ्य स्थिति बुझ्न एम्स पुगेका थिए । त्यसपछि उनी विहिबार अपरान्ह तिर पुन एम्स पुगेका थिए । भाजपा अध्यक्ष अमित शाह पनि दुबै पटक एम्स पुगे । त्यसैगरी भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, गृहमन्त्री राजनाथ सिंह सहति कयौं केन्द्रिय मन्त्री एम्स पुगेका थिए । कांग्रेस अध्यक्ष राहुल गान्धी सहित कयौ विपक्षी दलका नेता पुर्व प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जानकारी लिन विहिबार एम्स पुगेका थिए । यसअघि वाजपेयीका नातेदारहरुलाई पनि एम्समा बोलाइएको थियो ।

तीन पटक बने प्रधानमन्त्री
भाजपाका संस्थापक मध्यका एक बाजपेयी सन् १९९६ देखि १९९९ को विचमा तीन पटक प्रधानमन्त्री चुनिएका थिए । उनी पहिलो पटक सन् १९९६ मा प्रधानमन्त्री बने र उनको सरकार मात्र १३ दिनमात्र रह्यो । सन् १९९८ मा उनी दोस्रो पटक प्रधानमन्त्री बने त्यतिबेला उनको सरकार १३ महिनासम्म चलेको थियो । सन् १९९९ मा वाजपेयी तेस्रो पटक प्रधानमन्त्री बने र ५ बर्षको कार्यकार पुरा गरेका थिए । ५ बर्षको कार्यकाल पुरा गर्ने उनी पहिलो गैर कांग्रेसी पधानमन्त्री थिए ।


वाजपेयी १० पटक लोकसभाका लािग र २ पटक राज्यसभाका लागि चुनिए । उनको जन्मदिन डिसेम्बर २५ लाई भारतमा ‘गुड गभर्नेन्स डे‘का रुपमा मनाइने गरिन्छ । अटल बिहारी वाजपेयीको लोकप्रियता यति धेरै थियो की उनको पार्टीले मात्र होइन विपक्षी नेता पनि उनको कुरा उत्सुकता पुर्व सुन्ने गर्थे र उनलाई सम्मान गर्थे ।

कुनैबेला आफनो कविता र भाषणबाट मान्छेलाई मन्त्रमुग्ध पार्ने वाजपेयीले स्वास्थ्य खराब भएको कारण सार्वजनिक जीवनवाट टाढिएका थिए । सन् २००५ मा उनले सत्रिय राजनितिबाट पनि सन्यास लिएका थिए । त्यसबेला देखि उनी आफनो घरमै थिए । बाजपेयीलाई धेरै बर्षदेखि बोल्न र लेख्न पनि समस्या थियो । उनले कसैलाई चिन्न पनि सक्दैनथे ।

सन् २०१५ मा तात्कालिन राष्टपति प्रणब मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी उनको आवासमा गएर उनलाई देशको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न‘बाट सम्मानित गरेका थिए । त्यतिबेलाको तस्विर नै सार्वजनिक भएको उनको अन्तिम तस्विर थियो ।

प्रतिक्रिया दिनुहोस्