शान्ति सन्धीमा हस्ताक्षर गर्न आह्वान

0
Shares

प्योङयाङ (एजेन्सी)
उत्तर कोरियाको सरकारी सन्चार माध्यमले मंगलबार शान्ति सन्धीमा हस्ताक्षर गर्न आह्वान गर्दै कोरियाली प्रायद्विपमा परमाणु निशस्त्रिकरण प्रक्रियालाई अगाडी बढाउनका लागि पारस्परिक विश्वास आवश्यक भएको उल्लेख गरेको छ ।

सरकारको मुखपत्रका रुपमा चिनिएको उत्तर कोरिायलाी साप्ताहिक समाचार पत्र ‘टोंगिल सिम्बो‘ले युद्धको अन्त्य भएको घोषणा जस्तो कुनै प्रभावकारी कदम अमेरिकाले नउठाएसम्म परमाणु निशस्त्रिकरणको दिशामा प्रगतीको अपेक्षा गर्न नसक्ने उल्लेख गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।

दक्षिण कोरिया र अमेरिकासँग उत्तर कोरियाको सम्बन्ध विस्तारमा एक सफलता मिलेको छ । तर कोरियाली प्रायद्विपमा युद्धको समाप्ती अहिले पनि एक समाधानविहिन मुद्दा हो – साप्ताहिकले जनाएको छ । कोरियाली प्रायद्विपमा स्थायी शान्ति स्थापित गर्नका लागि युद्ध अन्त्यको घोषणामा एक जिम्मेदार पार्टीका रुपमा प्रस्तुत हुनु पर्ने जनाएको छ । अमेरिकाले सिंगापुरमा जुन १२ को उत्तर अमेरिकी शिखर सम्मेलनको सम्झौता लागु गर्नका लागि ब्यवहारिक उपाय गर्नु पर्ने अखबारले उल्लेख गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा आफनाो ऐतिहासिक बैठकमा कोरियाली प्रायद्विपमा पुर्ण परमाणु निसस्त्रिकरणको दिशामा प्रतिबद्धता ब्यक्त गरेका थिए । उनीहरुबीच एक निश्चित शान्ति सम्झौतासम्म पुग्ने सहमति भएको थियो ।

Skip This