तुलसीपुरमा ११७ प्रतिशत राजस्व असुली



नरेन्द्र केसी, दाङ
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले ११७ प्रतिशत राजस्व असुली गरेको दाबी गरेको छ ।

चालँ आर्थिक वर्षमा १ अर्ब ४३ करोड २७ लाख २ हजार राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा सोमबारसम्म १ अर्ब ६८ करोड ५४ लाख राजस्व असुली भएको कार्यालयका सँचना अधिकृत उदयराम केसीले जानकारी दिनुभयो । कार्यालयले २ सय ९१ जना व्यवसायीको कारोबार छानविनबाट ९ करोड ३७ लाख ७ हजार कर निर्धारण गरेको छ भने ११ करोड ९२ लाख ३६ हजार बक्यौता पनि असुल गरेको छ ।

दाङ, प्युठान, रोल्पा, सल्यान, पश्चिम रुकुम र पँर्वी रुकुमबाट सो रकम उठेको हो । गत आर्थिक वर्षमा १ अर्ब ९ करोड लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब १८ करोड राजस्व संकलन भएको थियो । सोमबारसम्म गत वर्षको लक्ष्यभन्दा २५ करोड बढी राजस्व संकलन भएको छ । चालँ आर्थिक वर्षको अझै केही दिन बाँकी रहेकाले १० देखि १५ करोड रुपियाँसम्म अझै असुल हुन सक्ने कार्यायले जनाएको छ ।

कार्यालयले राजस्व संकलनलाई प्रभावकारी बनाउन नियमित राजस्व संकलन, बक्यौता असुली, बजार अनुगमन, तथा कर परीक्षण र अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ । जसअनुसार हालसम्म यस्तो काम कारबाहीबाट ९ करोड ३७ लाख ७ हजार कर निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

यसमध्ये ८५ करदाताको कर परीक्षणतथा अनुसन्धानबाट आयकर ३ करोड १२ लाख १४ हजार, मँल्य अभिवृद्धि कर २ करोड ६४ लाख ५० हजार, अन्तःशुल्क २२ लाख २० हजार कर निर्धारण गरिएको सँचना अधिकृत केसीले जानकारी दिनुभयो ।

वास्तविक कारोबारभन्दा कमी कारोबार देखाइ कम आयकर तिर्ने १ सय २ जना साना करदाताको अनुसन्धानबाट ७९ लाख ७ हजार आयकर निर्धारण गरिएको छ । त्यस्तै २४ वटा शिक्षण संस्था र स्वास्थ्य संस्थाको नियमित दाखिला गर्नुपर्ने करको अनगुमन गर्दा ६ लाख ५८ हजार कर असुली भएको पनि केसीले जानकारी दिनुभयो । कार्यालयले २५ व्यवसायीको कारोबारको मौज्दात तथा बिक्रीको स्थलगत छानविन गरी ६६ लाख ४७ हजार मँल्य अभिवृद्धि कर दायित्व सिर्जना गरेको छ ।

आयविवरण पेश नगर्ने २५ करदाताको छानविन गरी १ करोड २९ लाख १० हजार आयकर निर्धारण गरिएको कार्यालयले जनाएको छ । स्थानीय प्रहरी प्रशासन समेतको सहभागितामा अन्तःशुल्कतर्फ इजाजत नलिइ मदिराको कारोबार गर्ने १० व्यवसायीको मदिरा जफत गरी ४० हजार जरिवाना गरिएको जनाउँदै कार्यालयले अवैध मदिरातर्फ सल्यानमा कारबाही गर्दा १ हजार तीन सय लिटर र दाङको घोराही, तुलसीपुरको बनकटमा कच्चा पदार्थसमेत ३ हजार २ सय ९० लिटर मदिरा जफत गरी नष्ट गरेको सँचना अधिकृत केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्