सरकार नयाँ शिराबाट जापानमा जनशक्ति पठाउन तयार



काठमाडौ, नेस
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली सक्षम कामदार जापानको श्रम बजारमा पठाउनको लागि तयार रहेकाले सरकारी स्तरबाट नै यसको प्रक्रिया थाल्न जापानी राजदँतलाई आग्रह गर्नु भएको छ ।

शुक्रबार मन्त्रालयमा मन्त्री विष्ट र जापानी राजदँत मासामिची सेइगाबीच भएको भेटमा मन्त्री विष्टले सो कुरा बताउनु भएको हो ।

जापान जान चाहाने श्रमिकले विभिन्न समस्या भोगिरहेको र बिचौलियाले ठगिरहेकाले गर्दा सरकारी स्तरबाटनै पहल गर्न आग्रह मन्त्री विष्टले जोड दिनुभयो ।

जापानमा वृद्धको जनसंख्या बढ्दै गएको सन्दर्भमा केयर गिभरको रुपमा नेपालीलाई रोजगारी दिने गरी दुवै देशका सरकाबीच समझदारी हुन सकेमा दुवै देशलाई लाभकारी हुने विश्वाससमेत मन्त्रीले उक्त भेटमा व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले जापानमा अध्ययन, अध्यापन लगायत विभिन्न पेशा व्यवसायमा संलग्न करिब ८० हजार नेपाली रहेको तथ्य प्रस्तुत गर्दै आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालका दलालले मोटो रकम असुली कतिपय नेपालीलाई जापानमा पु¥याएको भन्ने गुनासो समेत आउने गरेको सन्दर्भमा त्यस्ता कार्यलाई निरुत्साहित र नियन्त्रण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो ।

विगतमा जिटको अन्तर्गत नेपाली प्रशिक्षार्थीलाई जापान पठाउने प्रणालीको नाजायज फाइदा केही मेनपावर कम्पनीले उठाएकाले नयाँ प्रक्रियाबाट कामदार पठाउन नेपाल तयार रहेको मन्त्री विष्टले बताउनुभयो । उहाँले प्रशिक्षार्थी कामदार पठाउनु अघि विभिन्न मापदण्ड निर्माण गरी पारदर्शी रुपमा कार्यान्वयन गर्ने र दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त समितिले त्यसको अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्ने विषयमा जोड दिएका हुन्।

केही समयपछि नेपाल सरकारले तालिम लिएर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गर्न लागेको सन्दर्भमा त्यस्ता युवालाई तालिम उपलब्ध गराउन तथा तालिम केन्द्रको सुदृढिकरणमा समेत जापान सरकारको सहयोग र सहकार्य रहने विश्वास मन्त्रीको भनाइ छ ।

जापानमा सँचना प्रविधि इन्जिनियर, नर्सिङ स्टाफ, केयरगिभर, मार्केटिङ र सेल्स, लेखापाल तथा होटल र रेष्टुरेन्ट स्टाफजस्ता क्षेत्रमा नेपालीका लागि रोजगारीको सम्भावना देखिएकाले ती क्षेत्रमा नेपाली श्रमिक पठाउने व्यवस्थाका लागि जीटँजी (सरकार–सरकार) तहमा कार्य हुने गरी एमओयुका लागि पहल गर्न राजदँत सेइगोलाई आग्रह गर्नु भएको हो ।

 

नेपाल र जापानबीच विगत लामो समय देखि कँटनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले जापानले आर्थिक, सामाजिक, औद्यागिक र व्यावसायिक क्षेत्रमा गरेको विकास प्रगति र समृद्धि नेपालको लागि मार्गदर्शक बन्न सक्ने कुरा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा जापानको श्रम सम्बन्धी नीति र कानुनमा पनि परिमार्जन भईरहेको सन्दर्भमा नेपाली प्रशिक्षार्थी श्रमिकलाई जापानमा सहज र व्यवस्थित रोजगारी उपलब्ध हुने गरी आगामी दिनमा आफँले प्रयास गर्ने प्रतिबद्धता राजदुत सुइगोले व्यक्त गर्नुभयो ।

त्यसैगरी श्रम र रोजगारी सम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफँले हरसम्भव प्रयास गर्ने कुरासमेत राजदँतले उक्त अवसरमा बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्