४० हजार डलरभन्दा माथिको आयात एलसीबाट



नेपाल समाचारपत्र, काठमाडौं
रुग्ण उद्योग, घरेल तथा साना उद्योग, वैदेशिक रोजगारी, दलित, जनजाति, उत्पीडित, महिला, अपांगता भएका व्यक्ति, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा सञ्चालित साना व्यवसायलाई प्रवद्र्धन गर्न र निर्यातलाई प्रोत्साहन गर्न १ प्रतिशतमा प्रदान गर्दै आएको विशेष पुर्नकर्जा र विदेशी मुद्रामा निर्यात प्रोत्साहित गर्न लाइवोरमा २५ थप गरी हुने ब्याजदरमा दिइने निर्यात पुर्नकर्जा दरलाई पनि यथावत कायम गरिएको छ ।

मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले औद्योगिक कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रामा प्रवाह गर्ने कर्जाको अवधि ९० दिनबाट बढाएर १ सय ८० कायम गरिने भएको छ ।तेस्रो मुलुकबाट अमेरिकी डलर ४० हजारभन्दा माथिको सामान आयात गर्नु पर्दा अनिवार्य रूपले प्रतीतपत्र मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । भारतबाट हुने भारु ५ करोडभन्दा बढीको वस्तु आयात अनिवार्य रूपले प्रतीतपत्र मार्फत् गर्नुपर्ने व्यवस्था गरिएको पनि मौद्रक नीतिमा उल्लेख गरिएको छ ।

यसैगरी सरकारले जारी गरेको ट्राभल डकुमेन्टको आधारमा विदेश भ्रमणमा जानु पर्दा राहदानी सुविधा माग गर्नेहरूलाई स्थलगत मार्ग प्रयोग गरे सरह अमेरिकी डलर १ हजारसम्मको सटही सुविधा दिइनेछ । सरकारका विकास आयोजना सञ्चालन गर्ने सरकारी निकायले स्वीकृत सेवा खरिदका लागि प्रतीतपत्र खोल्दा यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ ।

लगानी बोर्डबाट राष्ट्रिय महत्वको आयोजनाको रुपमा पहिचान भई यस बैंकले तोकेका निश्चित परियोजनाको लागि परियोजना निर्माणकर्ता र परामर्शदातालाई भुक्तानीको लागि सटही सुविधा प्रदान गर्नु पर्दा सम्बन्धित निकायबाट कार्य सम्पादन भएको यकीन गरी सटहीको लागि सिफारिस गरेमा यस बैंकलाई जानकारी गराई वाणिज्य बैंकबाट सिधैं सटही पाउन सक्ने व्यवस्था कायम गरिएको छ ।

यता सुन आयतमा भने बैंकले सुनचा“दी व्यवसायीको लागि वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण आवश्यकताअनुसार उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

सुनचा“दी व्यवसायीले यस बैंकबाट इजाजतपत्र लिई विदेशी, गैर–आवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीलाई स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा डिमेड एक्सपोट सरह निर्यात भएको मानी विद्यमान व्यवस्था बमोजिम सुन उपलब्ध गराउने व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्