सिटिजन्स बैंक र पानस रेमिट प्रालिबीच सम्झौता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलड र पानस रेमिट प्रालिबीच युरोपलगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।

उक्त सम्झौताबमोजिम अब पानस रेमिटमार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंककोे ७४ वटा शाखाबाट सहजरुपमा भुक्तानी पाउन सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्