सन्राइज बैंकको भेरिफाइड बाई भिसा सेवा शुरू

0
Shares

काठमाडौं, (नेस)
सन्राइज बैंकले विद्युतीय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसास“ंग सहकार्य गर्र्दै भेरिफाइड बाई भिसा (भीबीभी) सेवा सञ्चालनमा ल्याएको छ ।

भेरिफाइड बाई भिसा सेवा मार्पmत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नया“ तह थपिने बैंकको भनाइ छ । यस सेवामार्फत ग्राहकले सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेट मार्फत भुक्तानी गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा वान टाइम पासवर्ड प्राप्त गर्नेछन् र सोहीमार्फत कारोबार गर्न सफल हुनेछ ।

सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा सेवा सञ्चालनका लागि ग्राहकले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ र यस सेवा सञ्चालन वापत कुनै पनि सेवा शुल्क लाग्ने छैन ।

बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउन्टर, ९९ वटा एटीएममार्फत ४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।