काठमाडौं, (नेस)
डिस मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको बैठकले देवीप्रकाश भट्टचनले अध्यक्ष तथा सञ्चालक पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्दै हेमराज ढकाललाई सञ्चालक समितिको अध्यक्षमा र सञ्चालक सुदीप आचार्यलाई प्रबन्ध सञ्चालकमा चयन गरेको छ ।
अध्यक्ष ढकाल आईएमई समूहको प्रबन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध हुनुहुन्छ भने प्रबन्ध सञ्चालक आचार्य कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्षे हुनुहुन्छ ।
सन् २००९ मा स्थापना भएको डिस मिडिया नेटवर्क लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारी गरेको छ ।











प्रतिक्रिया