विश्व बजार: यौन हिंसापीडित अर्बपति

0
Shares

काठमाडौंं, (नेस)
‘टक शो क्विन’ र ‘मिडिया क्विन’ उपनामले विश्वपरिचित व्यक्तित्व ओप्रा विन्फ्रे एक अमेरिकी महिला उद्घोषक, अन्तरवार्ताकार, अभिनेत्री, निर्माता तथा लिपिकारका रुपमा चिनिन्छन् । सामान्य र औसतभन्दा पनि तलको जीवनशैलीबाट निकै उच्च र अपार सफलताको कुरा गर्दा उनको नाम अग्रस्थानमै अटाउने गरेको छ ।

विन्फ्रे २०औं शताब्दीमा अमेरिकामा बस्ने सबैभन्दा धनी अफ्रिकी महिला हुन् । सन् १९९० को दशकमा विश्वले उनलाई एकमात्र अश्वेत महिला अर्बपतिका रुपमा चिन्थ्यो ।
अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार ओप्रा विश्वका अर्बपतिहरुको सूचीमा ८ सय ८७औं स्थान र अमेरिकी अर्बपतिहरुको सूचीमा ३ सय ६औं स्थानमा छन् । उनको कुल सम्पत्ति ३ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०१७ मा उनी विश्वका शक्तिशाली महिलाहरुको सूचीमा २१औं स्थानमा थिइन ।


अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार ओप्रा विश्वका अर्बपतिहरुको सूचीमा ८ सय ८७औं स्थान र अमेरिकी अर्बपतिहरुको सूचीमा ३ सय ६औं स्थानमा छन् । उनको कुल सम्पत्ति ३ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ ।


तर, उनको सफलताका पछाडि उनले चढेका संघर्षका सि“ढीको फेहरिस्ता भने लामो छ।
ओप्रा विन्फ्रेको जन्म सन् १९५४ जनवरी २९ मा मिसिसिम्पीको एक गरिब गाउ“मा भएको थियो । भनिन्छ, विन्फ्रे जन्मिनुभन्दा अघि नै उनका दुःखका दिन शुरु भए । त्यो कुन अर्थमा भने उनी एक कुमारी आमाकी छोरी थिइन् ।

उनकी आमा बेर्निटा ली सामान्य गृहणी थिइन् भने उनका पिता बेर्नो विन्फ्रे एक कोईला खानीका कामदार थिए । तर, उनीहरुको विवाह नहु“दै बेर्नोको मृत्यु भयो । उनका बुबाको मृत्यु हु“दा ओप्रा गर्भमै थिइन् । जबकी उनले आफ्ना बाबुको बारेमा पत्ता लगाउन ५४ वर्ष कुर्नुप¥यो । सन् २००६ मा बेर्नो विन्फ्रेको लास चिहानबाट निकाली डीएनए परिक्षण गरियो । जुन ओप्राको डीएनएस“ग मिल्दोजुल्दो देखिएपछि मात्र उनले आफ्ना बाबु बेर्नो बिन्फ्रे भएको परिचय खुलाउन थालेकी हुन् ।

ओप्रा जन्मिएको ६ वर्षपछि उनकी आमा छिमेकी गाउ“ विस्कान्सिटीमा बसाई सरिन् । त्यहा“ उनलाई सहायताका लागि कोही पनि थिएन । जसका कारण उनकी आमा दैनिक १८ घण्टा सम्म मजदूरी काम गर्थिन् ।

मजदूरी गरेर सामान्य दैनिकी चलाउने परिवारमा जन्मिएस“गै ओप्राले बाल्यकालमै गरिबीस“ग जुध्नु प¥यो । आमास“गै मजदूरीमा जाने ओप्रा ९ वर्षको उमेरमै बलात्कृत भइन् । पहिलो बलात्कारको पीडा सकिन नपाउँदै १३ वर्षको उमेरमा फेरि बलात्कृत भइन् । जसबाट उनी गर्भवती बनिन् । तर, उनको छोराको पेटमै मृत्यु भयो । दोस्रोपटकको बलात्कारपछि उनी आफ्नो आमालाई छोडेर घरबाट भागिन् त्यसपछि उनी एक हजामको घरमा बस्न थालिन् उसलाई उनले बुबा भन्ने गर्थिन् ।

हजामको घरमा बस्दै गर्दा उनलाई मानव जीवनमा शिक्षा कति महŒवपूर्ण छ भन्ने कुरा आभाष भयो । सोही कारण उनी स्कुलमा हुने हरेक क्रियाकलापमा संलग्न हुन्थिन् भने सबै जसो कार्यमा आफूलाई अब्बल साबित गर्न थार्लिन । हजामकै घरमा बस्दा उनले उच्च शिक्षा प्राप्त गरिन् भने १९ वर्षको उमेर एउटा स्थानीय रेडियोमा जागिर शुरु गरिन् ।

 

उक्त रेडियोमा उनले स्थानीयस्तरका समाचारको प्रस्तोताका रुपमा काम गरिन भने केही समयपछि उनकै भावना अनुसार दिउँसो प्रसारण हुने बहस कार्यक्रम सञ्चालनको पनि जिम्मा दिइयो । उक्त कार्यक्रम केही सिमयभित्रै सिकागो शहरमा सबैभन्दा धेरै सुनिने कार्यक्रम बन्यो ।

उनको ओझिलो आवाज र अभूतपूर्व वाकशैलीका कारण उनी छोटो समय मै सञ्चार क्षेत्रमा परिचित बन्न पुगीन् । रेडियो कार्यक्रम निकै लोकप्रिय भएपछि उनलाई सन् १९८३ मा डब्ल्युएसएल नामक टेलिभिजनमा आधा घण्टाको ‘टक शो’ सञ्चालनका लागि निम्तो आयो । जुन कार्यक्रम उनको जीवनमा सफलताका लागि ‘टनिङ प्वाइन्ट’ बन्यो ।

हाल उनको विन्फ्रेको परिचय एक राजनीतिज्ञका रुपमा पनि स्थापित हु“दै गएको छ । गत जनवरीमा आयोजना भएको ७५औं गोल्डन ग्लोब्स अवार्डका क्रममा अमेरिकामा हुने जातीय र लैंगिक हिंसाविरुद्ध सशक्त भाषण गर्दै आफू राजनीतिमा जानसक्ने संकेत दिइकी थिइन् । त्यसको लगत्तै सामाजिक सञ्जालमा ‘ह्यासट्याग ओप्रा २०२०’ समेत शुरु भएको थियो ।

ओप्रा विन्फ्रेले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा हालसम्म आफ्नो उम्मेदवारीको घोषणा नगरे पनि उनलाई हालका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चुनाव लड्न सक्ने ठानिएको छ । उनको भाषणले सबैतिर चर्चा कमाउन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड्र ट्रम्पलेसमेत सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू आगामी राष्ट्रपतीय चुनावमा विन्फ्रेको सामना गर्न तयार रहेको धारणा राखेका थिए ।

 

ओप्राले अभिनय गरेका द कलर पर्पल, नेटिभ सन्, बी मुभी, एलेन, लिंकनलगायत आधा दर्जन चलचित्र निकै लोकप्रिय छन् ।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)