औद्योगिकीकरणमा सहयोग गर्न आतुर छौ: प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि मुलुकमा सुशासन आवश्यक पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १५औं साधारण सभाको उद््घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

‘स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ । अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । मुलुकको ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकाले यो अवसरलाई सदुपयोग गर्नुपर्ने उहा“को भनाइ छ ।

ठूलो जनसंख्या काम गर्ने सक्ने अवस्थामा हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर रहेको समेत उहा“ले बताउनुभयो । विगतको सरकारको वित्तीय अनुशासन कायम गर्न नसकेकाले वर्तमान सरकार केही अफ्ठेरोमा परेको प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकार निजी क्षेत्रस“ग सहकार्य गरेर औद्योगिकीकरणमा सहयोग गर्न आतुर रहेको भन्दै ओलीले उद्योग बेचेर खानका लागि नभई मुलुकको हित र समृद्धिका लागि प्रयोग गरिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको समेत जानकारी दिनुभएको छ । उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न सरकारले प्रोत्साहन गर्ने उहा“को भनाइ छ ।

नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकाले निर्यातजन्य वस्तुको उत्पादन गर्न व्यवसायीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । छिमेकस“ग विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब कुनै पनि काम गर्दा चाकडी र थैलीको भूमिका नहुने स्पष्ट पार्नुभएको छ । व्यवसायीका कामका लागि कानुनी अप्ठ्यारा,कर्मचारीको अवरोध र ढिलासुस्ती भए सरकारलाई भन्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । ‘यस्ता केही झन्झटहरु भए सरकारले त्यसलाई फुकाउ“छ । तपाईंहरु पनि इमान्दार कारोबार गर्नुहोस । सरकारले गर्नु पर्ने काम के छन् ल्याउनुहोस छलफल गरौं । सबै मिलेर देश बनाऔं,’ उहा“ले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले परिसंघले प्रकाशन गरेको आर्थिक समृद्धिको मार्गचित्र एवम् आवश्यक कानुनी सुधार पुस्तकको विमोचनसमेत गर्नुभयो ।