दीपेन्द्र थापा, काठमाडौं
सरकारले नेपालमा आउने विदेशी नागरिक तथा पर्यटकलाई अनुगमन र निगरानी गर्न उद्देश्यले विदेशी नागरिक अनुगमन निर्देशिका २०७५ ल्याएको छ ।
अध्यागमन विभागबाट प्रस्ताव तयार भएर गृह मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत भई लागू भएको छ । जुनसुकै प्रायोजना नेपाल आउने विदेशी नागरिकको स्थितिको बारेमा जानकारी पाउने उद्देश्यले निर्देशिका तयार पारिएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार विदेशी नागरिकको निगरानी गर्नको लागि नै निर्देशिका लागू गरिएको हो । काफ्लेले भन्नुभयो–‘यो निर्देशिका आएपछि विदेशी नागरिकलाई ट्रयाकिङ गर्न सहज भएको र विभागले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अनुसन्धान गरिरहेको छ ।’
निर्देशिकामा भनिएको छ, अध्यागमन ऐन,२०४९ ले अध्यागमन विभागका महानिर्देशकलाई नेपालभित्र विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित, व्यवस्थित र नियन्त्रण गर्ने गराउने दायित्व र जिम्मेवारी तोकेएको छ ।
सोही ऐनअनुसार ‘विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानस“ग सम्बन्धित लिखित अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा पनि जा“च गर्न सक्नेछ र तत्सम्बन्धी कागजपत्र आफ्नो नियन्त्रण लिन सक्नेछ’ निर्देशिकामा उल्लेख गरिएको छ ।
निर्देशिकाको अभाव, सीमित सांगठनिक संरचना तथा जनशक्ति, स्रोत साधनको कमी आदिले गर्दा गैरकानुनी रुपमा बस्ने विदेशी नागरिकको आवश्यक मात्रामा अनुगमन गर्न नसकिएको अवस्था थियो । अध्यागमन प्रशासनलाई उपचारात्मकस“गै निरोधात्मक रुपमा समेत प्रस्तुत हुनुलाई नियमित तथा आकस्मिक रुपमा विदेशी नागरिकको प्रवेश उपस्थिति र प्रस्थानको अनुगमन र निरीक्षण गर्ने व्यवस्था मिलाउन सकेमा अध्यागमन प्रशासन थप सशक्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
भिसाको नियमितता र सही प्रयोग, सीमा नियन्त्रण, शंकास्पद स्थल व्यक्ति, समूह आदिका बारेमा सजगता अपनाउन र राष्ट्रिय सुरक्षा तथा शान्ति सुव्यास्था कायम गर्न थप मद्दत मिल्ने बताइएको छ ।
गृह सचिवको संयोजकत्वमा केन्द्रीय अनुगमन निर्देशक समिति रहने छ, सचिवकै निर्देशनमा रहने गरी अनुगमन तथा कार्यान्वयन समितिको संयोजक भने अध्यागमन विभागको महानिर्देशक रहने व्यवस्था गरेको छ । प्रत्येक जिल्लामा अनुगमन समितिको संयोजके प्रमुख जिल्ला अधिकारी रहने गरी अध्यागमन समन्यवय समिति गठन हुनेछ । तीन तहको काम कर्तव्य र अधिकार हुने निर्देशिकामा उल्लेख गरिएको छ ।
पहिले महानिर्देशकलाई अनुगमन गर्न अधिकार रहेको थियो भने निर्देशिका अएपछि भने तल्लो तहका कर्मचारीलाई समेत अधिकार हस्तान्तरण भएको छ र निगरानी गर्न सहज भएको विभागको भनाइ रहेको छ ।
विभागको प्रभावकारि अनुगमन नहु“दा विदेशी नागरिकले नेपालमा विभिन्न शंकास्पद गतिविधि गरिरहेको घटना पटक–पटक प्रहरीले बाहिर ल्याउ“दै आएको थियो ।
अध्यागमन विभागका शाखा अधिकृत चिरन्जीवी थापाका अनुसार १६ जना विदेशी नागरिक हाल हिरासतमा छन् भने सयभन्दा बढीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै ४४ जनालाई विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न रहेकाले देश निकाला गरिएको विभागको भनाइ छ ।
पर्यटक, विद्यार्थी, व्यापारी, कामदार वा अन्य प्रवेशाज्ञामा नेपाल आएर आफू अनुकूल काम गर्ने गरेका छन् ।











प्रतिक्रिया