काठमाडौं, (नेस)
सन् २०१९ को जनवरी १ तारिखदेखि लागू हुने गरी नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगन्ज–दिल्लीको उडान तालिका स्वीकृत गरेको छ ।
यसअघि बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नया“दिल्लीका लागि दैनिक ३ उडान बिहान साढे ६, दिउ“सो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरेको थियो । मन्त्रालयले दैनिक ३ उडान गर्ने गरी स्वीकृत गरेको मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताउनुभयो ।
पर्यटन मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकार समक्ष बुद्ध एयरलाई नेपालगन्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ ।
बुद्ध एयरले विभिन्न एयरलाइन्सस“ग अन्तरदेशीय टिकट बिक्रीका लागि इन्टरलाइन र जीडीएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीलाई पत्राचार गरेको छ ।
नेपालगन्ज–नया“दिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगन्ज–पोखराको दैनिक उडान भर्ने जनाएको छ ।
मन्त्रालयका अनुसार आगामी वैशाख १ गतेबाट उडान भर्ने गरी नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको रुपमा स्तरउन्नती गरेर सञ्चालनमा ल्याउने तयारी रहेको उपसचिव नेपालले बताउनुभयो ।











प्रतिक्रिया