ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ सेवा

0
Shares

काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले २ एकैसाथ ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ सेवासं“गै बैंकको शाखारहित बैंकिङ संख्या ९९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले बाग्लुङको ढोरपाटन नगरपालिका – ८ बोबाङ, गुल्मीको मुसीकोट नगरपालिका– ९ पाडथोक र ठूलापोखरामा, अर्घाखाँचीको मालारानी गाउ“पालिका–२, डा“डाकटेरी, गुल्मीको धुरकोट गाउँपालिका– ५, वस्तु तथा नवलपरासीको रामग्राम नगरपालिका– १७, पट्खौली र गोरखाको गण्डकी गाउ“पालिका – १, मकैसिङमा सेवा शुरु गरेको हो ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३२ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ९९ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।