सर्वनाममा ‘मिथिला चित्रकला प्रदर्शनी’


काठमाडौ । काठमाडौँको सर्वनाम थिएटरमा एकल ‘मिथिला चित्रकला प्रदर्शनी’ भएको छ । चित्रकार पुनमकुमारी दासले बनाएका २२ वटा मिथिला जनजीवनसँग सम्बन्धित चित्रकला प्रदर्शनी भएका हुन् ।

पुनमको प्रस्तुतीकरण र धारणा सशक्त देखेकै कारण चित्रकला प्रदर्शनी गरेको भन्दै वरिष्ठ मिथिला चित्रकार एससी सुमनले भन्नुभयो, “मिथिलाका प्रत्येक घरमा कलाकार भए पनि पुनमको चित्र बनाउने शैली अलि पृथक छ ।”

पुनमले माइती इण्डियाबाट नै चित्र बनाउने तरिका सिकेर नेपालमा बनाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले बनाएको चित्र प्रत्येक जनजीवनसँग गाँसिने गरेको उहाँले बताउनुभयो ।

चित्रकार रमेश खनालले प्रत्येक संग्रहालयको विशेषता मिथिला चित्रकला भएको भन्दै यसलाई जोगाउन सबै कसिएर लाग्नुपर्ने बताउनुभयो । सर्वनाम थिएटरमा अन्यमाभन्दा दर्शक तथा स्रोता धेरै हुने जानकारी दिनुभयो ।

थिएटरका प्रमुख अशेष मल्लले थिएटरले ‘एकघर एक चित्रकला’लाई एकदिन पूरा गरेरै छाड्ने जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।