समयमै सरकारले ध्यान नदिँदा ९ को मृत्यु



जाजरकोटको भाइरप्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली बल्पुग्दै

भगवती तिमल्सिना/काठमाडौं

दीपेन्द्र शर्मा/जाजरकोट

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई पहिलोपटक नागरिकको नैसर्गिक मौलिक अधिकारका रूपमा उल्लेख गरिएको छ। तर, संविधानमा उल्लेख गरिएका कुरा व्यवहारमा उतार्न सरकारले समयमै पहनगरेका कारण जाजरकोटमा पुस ५ गतेदेखि फैलिएको भाइरज्वरो र रुघाखोकीका कारण ९ जनाको मृत्यु हुनु दुःखद र सरकारका लागि लज्जास्पद विषय हो।

यति बेला सरकारको नेतृत्व गरिरहेका नेताहरू जनमत प्राप्त गरेका व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गरेर संविधानमा व्यवस्था भएअनुसार जनताको हक–अधिकार व्यवहारमा उतार्नेभन्दा पनि कुर्सीको भागवण्डामा उत्रिएका छन्। यिनै कारण देशमा भएको वातावरणीय परिवर्तनका कारण फैलिएको सरुवा रोग तथा जाडोबाट कठाग्रिएर मृत्युवरण गर्नेको रोदन सुन्नेसम्म फुर्सद छैन। राज्य टुक्रइएर प्रदेश बनाउँदैमा जनताको हक–अधिकार सुरक्षित हुन्नरहेछ भन्दै आज पीडित बिरामी छटपटाइरहेका छन्। एक महिनाअघिसम्म गाउँका सारा समस्याको जिम्मेवारी लिने वचन दिएर घरदैलो अभियानमा जुटेका राजनेताहरू आज तिनै जनता रोगले ग्रस्त भई मृत्युको मुखमा पुग्दासम्म चुइक्क बोलेका छैनन्।

देशका हरेक क्षेत्रमा यतिबेला चिसोका कारण कठइङ्ग्रिएर र भाइरज्वरो तथा रुघाखोकीका कारण मृत्युवरण गरिरहेका छन्। जाजरकोटमा कहिले झाडापखाला लाग्ने त कहिले स्वाइनफ्लु फैलने र रुघाखोकी, ज्वरोका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउन बाध्य भइरहेका छन्। जाजरकोटको हकमा सरकार यतिधेरै गैरजिम्मेवार छ जहाँ भौगोलिक बनोटका साथै सामाजिक परिवेशले जनताको पहुँचमा स्वास्थ्य संस्था छैन। यस्ता क्षेत्रमा रोगको प्रकोप बढेर मृत्युवरण गरेको खबरलाई समेत ढाकछोप गर्न खोजिन्छ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पठाएको पत्रमा भनिएको छ– ‘सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार ९ जनाको मृत्यु भनिए पनि ज्वरो रुघाखोकीका कारण ५ जनाको मात्र मृत्यु भएको हो र अन्य ४ जना उमेर पुगेका दीर्घरोगी भएको बुझिएकाले मृतकका घरमा गई सोधपुछ गर्न स्वास्थ्यकर्मी टोली खटाएका छौं।’ पुस ५ गतेदेखि जाजरकोटमा संक्रमण फैलिएर बिरामीको मृत्यु हुन शुरू गरेको समाचार सार्वजनिक भइरहँदा सरकारले बेवास्ता गरेकै कारण यति ठूलो संख्यामा बिरामी बढ्नुका साथै मृत्यु भएको स्थानीय जनप्रतिनिधिहरूको गुनासो रहेको छ।

यता स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य भन्नुहुन्छ– ‘जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले पठाएको रिपोर्टअनुसार सानोमा ८ दिनको बालकदेखि ठूलोमा ५२ वर्ष र ७२ वर्षसम्मका ५ जनाको ज्वरो र रुघाखोकीका कारण मृत्यु भएको र अन्य ४ जनामा त्यस्तो समस्या नदेखिएको जानकारी आएकाले स्वास्थ्यकर्मीलाई मृतकको घरमै बुझ्न पठाएको जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय, मध्य पश्चिमाञ्चक्षेत्रीय स्वास्थ्य निर्देशनालयलगायतको स्वास्थ्यकर्मी समेटिएको ३ वटा टोली आइतबारदेखि खटाएको जनाएको छ।’

डा. आचार्य भन्नुहुन्छ– ‘यता इपिडिमियोलोजी महाशाखा काठमाडौंबाट आइतबारै एक जना जनस्वास्थ्य निरीक्षक र ल्याब टेक्निसियनलाई आवश्यक उपकरणसहित खटाइसकेका छौं। उहाँहरूले रुघाखोकीबाट ग्रसित बिरामीको र्यार रगत संकलन गरी सोही ठाउँमा नै परीक्षण गर्नुहुन्छ र रिपोर्टका आधारमा थप उपचार गरिन्छ। दुई सदस्यीय प्राविधिक टोली मंगलबारसम्म जाजरकोट पुगी कामको थालनी गरिसक्ने छन्। यदि एच वान एन वान भाइरस देखिएमा अन्य बिरामी र घर–परिवारलाई समेत थप सुरक्षाका लागि सचेत गराई उपचार थालिनेछ। रिपोर्ट आउन अझै ४÷५ दिन लाग्छ। नेपालमा फ्लुको खोप सरकारले भित्त्याएको छैन, निजी क्षेत्रबाट केही समयअघि भित्त्याएर प्रयोगमा ल्याएका हुन्। यसको प्रभावकारिता ६५ प्रतिशतमात्र भएको र महँगो भएका कारण सरकार यो भित्त्याउने निर्णयमा पुगिसकेको छैन।

‘जाजरकोटका बारेमा बाहिर जति चर्चा आएको छ यथार्थमा त्यति नभए पनि समस्याको समाधान गर्ने सरकारको दायित्व हो, हामी त्यो काममा तदारुकताका साथ लागिसकेका छौं।’ –डा. आचार्यले भन्नुभयो।

यही पुस ५ गतेदेखि जाजरकोटको जुनीचाँदे गाँउपालिकामा फैलिएको भाइर प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली शनिबारदेखि खटिएर उपचार थालेका छन्। जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सबैभन्दा बढी प्रभावित मजकोटबाट उपचार थालेको डा. पवन शाक्यको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बताएको छ।

भौगोलिकरूपमा विकट जाजरकोटका यी क्षेत्रका बस्तीभन्दा स्वास्थ्य संस्था धेरै टाढा भएको र जनचेतनाको अभावले गर्दा बिरामी स्वास्थ्य संस्था आउनै सक्दैनन्। यतिबेला प्रभावित क्षेत्रका घर–घरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपाली बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘रोग कुन प्रकारको हो पहिचान भइनसकेको अवस्थामा एकैठाँउमा भीडभाड बढाउनु उपयुक्त नभएकाले बिरामीलाई पायक पर्ने स्थानमा उपचार गर्ने गरी टोली परिचालन गरेका छौं, औषधि झोलामै बोकेर जानसमेत निर्देशन दिएका छौं।’

शनिबार र आइतबार डा. शाक्यको टोलीले स्थानीय भैरव मावि मजकोटको प्राङ्गणबाटै उपचार थालेको छ। गाउँमा डाक्टर आएको जानकारी पाएपछि अन्य रोगले थलिएका बिरामी पनि आएका छन्। ‘हालसम्म ५ सयभन्दा बढी बिरामीको उपचार गरिएको र अझै ६ सय जति बिरामीको उपचार गर्न बाँकी रहेको छ।’ –डा. शाक्य भन्नुहुन्छ। जुनीचाँदेका १, २ र ३ नम्बर वडाका जुनीचाँदे, मजकोट, बड्कुले, मौगाना, डाँडाकोटलगायतका गाउँमा यतिबेला बिरामीको संख्या अत्यधिक मात्रामा बढेको स्वास्थ्यकर्मीले जनाएका छन्।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी भन्नुहुन्छ– ‘प्रभावित क्षेत्रमा तत्काभरपर्दो उपचारको व्यवस्था मिलाई रोग नियन्त्रणमा लिन सम्बन्धित निकायसँग पहगरिरहेको छु।’ सबैभन्दा बढी प्रभावित गाउँ मजकोटका एउटै घरमा ३÷४ जनासम्म बिरामी परेका छन्। उहाँ भन्नुहुन्छ– ‘भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था टाढा रहेको र स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुँदा बिरामी पहिला स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीसँग झारफुकमा जाने गर्छन्।’ बिरामी हुनेमा बढीजसो बालबालिका, वृद्धवृद्धा र महिला रहेका छन्। बिरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ।

स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंह भन्नुहुन्छ– ‘मौसम परिवर्तनसँगै चिसो बढेपछि गाउँमा बिरामीको संख्या बढ्दै गएको छ। चिसो बढेपछि बिरामीको संख्या ह्वात्तै बढेको छ। यहाँका बिरामी स्वास्थ्य संस्थाभन्दा झारफुकतिरै बढी विश्वास गर्छन्।’

यता बिरामीलाई समयमा स्वास्थ्यकर्मी र औषधि पुगेन भन्ने गुनासो आइरहेको छ, उता जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख भने शनिबार नै प्रभावित क्षेत्रमा प्रयाप्त औषधि पुगिसकेको दाबी गर्नुहुन्छ। मृत्यु भएका भनिएका ९ जनाकै घरमा पुगेर मृत्युको कारण बुझ्न महामारी फोकव्यक्ति कृष्णबहादुर खत्रीलाई खटाइएको र केही दिनमै वास्तविकता पत्ता लाग्ने बताउनुहुन्छ। चिसो बढेसँगै देखापरेको भाइरलले विद्यार्थीसमेत थलिएपछि केही दिनका लागि प्रभावित क्षेत्रको एक विद्यालय बन्द गरिएको छ। खुलेका विद्यालयमा पनि रोगको त्रासका कारण विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ। ज्वरो र रुघाखोकीले धेरै जसो विद्यार्थी बिरामी परेपछि जुनीचाँदे २ मजकोटस्थित भगवती आधारभूत विद्यालय केही दिनका लागि बन्द गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले बताउनुभयो।

भाइरलले जुनिचाँदेमा ५ बालबालिकासहित ९ जनाको ज्यान गएको थियो। जुनिचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाउँपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षका शतरूप शाहीको र ५ जना बालबालिकाको मृत्यु भइसकेको छ। मृत्यु हुने बालबालिकाहरूमा १ महिनाका २ जना, ७ र ८ दिनका २ जना र ४ वर्षको १ जना रहेका छन्।

रोग के हो र कसरी परीक्षण गर्ने ? दक्ष जनशक्ति, उपकरण, स्वास्थ्य संस्था, औषधि केही पत्तो छैन। स्वास्थ्यकर्मी रोगबाट कसरी सुरक्षित रहने ? अहिलेसम्म कुनै पनि चिकित्सक ढुक्क भएर बिरामीलाई उपचार गर्न सक्ने अवस्थामा नहुनुको मूकारण नै सरकारको ढुलमुले नीति भएको र आफू सुरक्षित नभई कसरी स्वास्थ्यकर्मीले बिरामीको सेवा गर्न सक्छन् ?

यतिबेला पहिलो चरणमा चिकित्सक स्वास्थ्यकर्मीलाई खोपको व्यवस्था गरी निर्धक्कसँग बिरामीको उपचार गर्न सक्ने मनोबनभएसम्म कसरी चिकित्सकले जोखिम मोल्ने ? यस्तै खाले ज्वरो, रुघाखोकीका कारण काठमाडौंका महँगा अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक दर्जन बढी बिरामीको हालसम्म मृत्यु भइसकेको छ। काठमाडौंका ठूला अस्पतालमा त एच वान एन वानका बिरामीको रिपोर्ट हेर्दा कतिपय चिकित्सक त्रसित हुने गरेका थिए। पहिला चिकित्सकको मनोबबढाएरमात्र यो सामान्य रुघाखोकी हो, उपचार गरे निको हुन्छ, उच्च जोखिम समूहमा रहेका व्यक्तिले समयमै उपचार गराउनुपर्छ भन्ने सन्देशको खाँचो यतिबेला खड्किएको चिकित्सकहरूको धारणा रहेको छ।
गम्भीर प्रकृतिका समस्याको पहिचानका लागि ल्याब परीक्षण गर्ने केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र छ यो नै प्रमुख ल्याब हो। र्यापिट टेस्टचाहिँ अन्यत्र पनि गर्न सकिन्छ। जाजरकोटमा फैलिएको फ्लु एच वान एन वान हो या एच थ्री एन टु रोग देखा परेको २० दिन भइसक्दासम्म पनि ल्याब परीक्षण नै हुन सकेको छैन। परीक्षण नभएकै कारण अहिलेसम्म कुन रोग लागेको हो एकिन भएको छैन तर अनुमानका भरमा फ्लुको औषधि चलाउन शुरू भइसकेको चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रपिकतथा सरुवा रोग अस्पताटेकुका क्लिनिकरिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउनुहुन्छ– ‘यस्ता खाले समस्या देखा पर्नासाथ विकसित मुलुक आतंकित हुन्छन् र अहिले पनि आतंकित छन्।’ अस्ट्रेलियामा यतिबेला एच थ्री एन टुको समस्या बढेको र दैनिकजसो यसका कारणको खोजीमा विशेषज्ञहरू जुटेका छन्। पछिल्लो अनुसन्धानले उत्तरी धु्रवतिर चिसो बढ्दा यो समस्या आउँछ भन्ने पहिचान गरेका छन्। नेपालमा एच वान एन वानको खोप भर्खर चर्चामा आइरहँदा अस्टेलियमा खोप लगाउँदालगाउँदै पनि १० प्रतिशतमात्र प्रभावकारी भएर आत्तिएको अवस्था छ। विगतमा ४० प्रतिशत प्रभावकारी रहेको खोप अहिले आएर १० प्रतिशतमात्र प्रभावकारी हुनु रोगको प्रकृति बदलिनु हो भन्दै विशेषज्ञहरू थप उपचारको खोजीमा लागेका छन्।
‘भारतमा अहिले पनि एच वान एन वान (स्वाइनफ्लु) नै बढेकाले नेपालमा पनि यही अनुमान गर्नुपर्ने बाध्यता छ। एच थ्री एन टु नेपालमा पसेको खण्डमा निकै ठूलो मानवीय क्षति हुनुका साथै नराम्रो प्रभाव पर्ने हुन्छ। नेपालमा एच वान एन वान र एच थ्री एन टुको प्रभाव कस्तो हुन्छ भनेर खोजी गरिएकै छैन। भारतमा एच वान एन वान छ। नेपालमा पनि त्यही हुन्छ भन्दै उपचार गरिरहेका छौं’, उहाँ भन्नुहुन्छ– ‘नेपालमा पनि निजी क्षेत्रमा इन्फ्लुइन्जाविरुद्धको खोप आइसकेको छ। रोगबाट सुरक्षित हुनका लागि उक्त खोप लगाउनु रामै्र हुन्छ। अस्पताल, स्कुल, कलेज, सेना, प्रहरी ठूलो भीडभाड हुने ठाउँमा संक्रमण फैलन सक्छ। खोपको प्रभावकारिता कम भएको गुनासो आएको भए पनि लगाउँदा बेफाइदा हुँदैन केही हदसम्म भए पनि सुरक्षा दिन्छ।’

यो रोग विशेष गरी फोक्सो, मृगौला, श्वासप्रश्वास, एचआईभी एड्स, गर्भवती महिला, सुत्केरी, ५ वर्षमुनिका बच्चा, ६५ वर्षमाथिका वृद्धवृद्धालगायत नियमितरूपमा औषधि सेवन गरिरहेका व्यक्तिहरू जोखिम समूहमा पर्दछन्। स्वास्थ्यका दृष्टिकोणले जोखिम समूहमा पर्ने अन्य व्यक्तिमा चिकित्सक, सुरक्षाकर्मी, सार्वजनिक यातायातका साधनमा यात्रा गर्ने यात्रु तथा चालक, सहचालकसमेत पर्ने गरेको टेकु अस्पतालका क्लिनिकरिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्