नवलपरासी ।
सुस्तामा भई रहेकाे तटबन्धकाे काममा अवराेध गरेकाे एसएसबीले बाह्र दिन नबित्दै पुनः सुस्ता पुगेर स्थानीयलाई त्रसित पारेकाे छ ।

हातहतियार सहित आएकाे एसएसबी टाेली शुक्रबार बिहान दुलहनीया घाेला नाघेर सुस्ता छिर्न खाेजे पछि त्यहाँ उपस्थित स्थानीयले कडा प्रतिवाद गरि राेकेकाे सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाँले बताए ।
उनले भने कसकाे अनुमतिले सशस्त्र हतियार सहित सुस्ता छिर्नु भयाे ? तपाईं हरूलाई स्थानीय प्रशासनले अनुमति दिएकाे छ भनी प्रश्न गर्दा उनिहरू अवाक भएका थिए ।
स्थानीयले उनी हरूलाई निडरताका साथ नेपाल तर्फ थप पाईला चाल्नै नदिए पछि एसएसबी टाेली भारत तर्फै फर्किएकाे थियाे ।
पछिल्लो समय सुस्ता क्षेत्रमा एसएसबी टाेली हतियार सहित नेपाल प्रवेश गरि रहँदा स्थानीय सर्वसाधारणमा त्रास सिर्जना भएकाे सुस्ताबासीहरू बताउछन् ।
स्थानीय लैला बेगमले भनिन् सुस्ताबासीकै खेत खेतमा आएर एसएसबीले पेट्राेलिङ्ग गरे पछि हामी महिला सहितका केही युवाहरूले याे नेपाल हाे सिमा नागेर तपाईहरू किन आउनु भयाे भन्दै कडा प्रतिवाद गरे पछि एसएसबी टाेली फर्किएको हाे ।
बेगमका अनुसार सिमा सुरक्षामा तैनाथ नेपाली सशस्त्र टाेली यस्ताे संबेदनसिल बिषयमा बेखवर रहनु हुदैन,आफ्नाे सिमा क्षेत्रमा के गतिविधि भएकाे छ त्याे स्थानीयले भन्दा अघि सुरक्षाले चनाखाे भएर समन्वय गरेकाे हुनु पर्छ ।
यसै बिषयलाई लिएर सुस्ताबासीले शनिबार त्यँहा तैनाथ सिमा सुरक्षाबल सशस्त्रका प्रमुखलाई भेट्ने तयारी गरेकाे सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए ।
सुस्ता स्थित सशस्त्रका निरक्षक वसन्त पण्डितले एसएसबी टाेली सुस्ता गाउँ प्रवेश नगरेकाे बताए । उनले भने नयाँ टाेली हाेला थाहा नभएर हुन सक्छ राैवाघाेला छेउ आए पछि स्थानीय सहित हामीले यहाँकाे अवस्थिति बुझाएर भारत तिरै फर्काएका हाैं ।
सुस्ता बचाउ अभियानकर्मी आदम खाँका भनाईमा यस अघि देखि मान्दै आएकाे ठूलाे सिमलकाे बाेट नेपाल भारत सिमा हाे , त्यहाँ सशस्त्र बस्थे अहिले त्यहाकाे पाेष्ट नहुँदा भारतीय एसएसबी उक्त सिमा अतिक्रमण गर्दै झण्डै ३ सय मिटर नेपाल तर्फ सानाे भेलर रूख नजिक आई गस्ती गर्ने गरेकाे अवस्था छ ।
याे उनिहरूकाे याेजनाबद्ध नेपाली सिमा अतिक्रमण गर्ने रणनीति हाे । उनले भने हामी यस कुराले पनि बढी सशंकित छाैं , त्यसैले बिना प्रमिसन एसएसबीलाई सुस्ता छिर्न दिदैनाैं चाहे ज्यानकाे बाजि नै किन लगाउन नपराेस् ।
सुस्तामा पहिलाे चरणकाे पक्की तटबन्धकाे काम भई रहेकाे छ त्याे सकिना साथ नारायणी नदीकाे कटान राेक्न नगरि नहुने ठाउँमा थप जालतारकाे काम हुने छ अवराेध भए छाति थापेर पनि तटबन्ध गर्छाै किनकि हामीले हाम्राे भूमि सुस्ता जाेगाउने हाे खाँ काे भनाई रहेकाे थियाे ।
के हाे त सुस्ता विवाद
स्थानीय बुढापाकाहरू भन्छन् पवित्र धार्मिक एवं पर्यटकीय क्षेत्र त्रिवेणी देखि निकै दक्षिण सिवान सम्म नेपाल बाेलिन्थ्याे । सुगाैली सन्धिबाट दक्षिण तर्फकाे ठूलाे भूखण्ड नेपालले गुमाई नदी सिमाना बन्न गएकाे हाे ।
त्रिवेणीघाट देखि सकरदिनही दक्षिण पूर्व सम्म जंगे पिलर नठाेकिएकाेले नारायणी नदी नै नेपाल भारत सिमा नदी मानिएकाे सिमाविद बुद्धि नारायण श्रेष्ठले बताए ।
उनका अनुसार फिक्स बाउ्ड्री प्रिन्सिपल अनुसार यहाँकाे २४ किलाेमिटर क्षेत्र तात्कालिक अवस्थामा रहेकाे नारायणी नदीलाई नै आधार मानेर सिमा निर्धारित गरिएकाे थियाे ।
सिमा निर्धारणका समयमा बगि रहेकाे नदीले बिक्रम सम्वत १९९२,२०११,२०३२ साल लगायत बिभिन्न समयका ठूला बाढीसंगै भंगालो परिवर्तन गर्दा दक्षिण तर्फ नदी कटान भई छुटेकाे जमिनलाई भारतीयले आफ्नाे भनि दाबी गर्ने गरेकाे बताए ।
उनले भने यही स्थिर सिमाङ्कन सिद्धान्त अनुसारनै नदी पुरानाे जाँहा बगेकाे थियाे त्यँही नै सिमा कायम हुने हाे ।
स्थानीय सुस्ताबासीहरू नदीले धार परिवर्तन गरि उत्तर पश्चिम च्याप्दै तथा खण्डित गर्दै जाँदा साबिककाे सुस्ताकाे ठूलाे नेपाली भूभाग हाल दक्षिणमा परेकाे बताउछन् ।
यही सुस्ताकाे ४० हजार ९ सय ८० हेक्टर भुभाग मध्ये १९ हजार ४ सय ८० हेक्टर जमिन बिबादित, करिव १४ हजार हेक्टर क्षेत्र दक्षिण तर्फबाट भारतीय अतिक्रमणमा पर्दा केवल ७ हजार ५ सय हेक्टर भू भागमा हालकाे सुस्ता बस्ती समेटिएकाे बताईन्छ ।
तात्कालिन अवस्थाकाे नदी बहाव देखिने भाैगाेलिक सिमाङ्कन, तत्पश्चाद नदीले पटक पटक नेपाल तर्फ गरेकाे कटान र भंगालाे परिवर्तन सहितकाे माैजुदा नक्सा केलाई दुई देशका उच्चस्तरीय प्राबिधिक एवं सिमाविदकाे टाेलीले सुस्ता बिबाद सुल्झाउनु पर्ने जानकारहरू बताउछन् ।











प्रतिक्रिया