काठमाडौं।
TVS का नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक लक्षित अफर सार्वजनिक गरेको छ। “Petrolko Tension? अब TVS Jupiter Solution” भन्ने सन्देशसहित ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल, ६० KMPL सम्मको माइलेज र रु. २,८९९ देखि सुरु हुने मासिक EMI सुविधा पाउनेछन्।
कम्पनीका अनुसार बढ्दो पेट्रोल खर्चको दबाब कम गर्न यो योजना ल्याइएको हो, जसले TVS Jupiter लाई दैनिक यात्राका लागि किफायती र भरपर्दो स्कुटरका रूपमा अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ। अफर नेपालभरका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध हुनेछ।











प्रतिक्रिया