काठमाडौं ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरू विचार, सिद्धान्त र राजनीतिक दर्शनभन्दा टाढिँदै विध्वंसात्मक प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमा बढ्दो आक्रामकता, गालीगलौज र तर्कहीन बहसले लोकतान्त्रिक अभ्यास कमजोर बनाइरहेको बताउनुभयो। संसदमा प्रधानमन्त्रीको नियमित उपस्थिति र जनप्रतिनिधिहरूको प्रश्नको जवाफ दिने परम्परा कमजोर हुँदै गएकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो।
राउतले ‘डोजर संस्कृति’को आलोचना गर्दै अवैध संरचना हटाउने नाममा राष्ट्रिय सम्पत्तिको विनाश भइरहेको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्दै विचार र सिद्धान्तमा आधारित राजनीति गर्न आग्रह गर्नुभयो।











प्रतिक्रिया