माई लभको दर्शकलाई जापान घुम्ने अवसर



हेटौंडा,(नेस)। अघिल्लो शुक्रबार रिलिजमा आएको फिल्म माई लभ हेर्ने दर्शकमध्ये एक जना दर्शकले जापान जाने अवसर पाउने भएका छन्। फिल्मको टिमले हेटौंडामा गरेको पत्रकार सम्मेलनमार्फत् यस्तो जानकारी गराएको हो।

फिल्मका नायक गणेश लामाले माई लभ नेपाली र जापानी भाषामा बनाइएकाले एक जना दर्शकलाई जापान भ्रमणमा लैजाने बताए। यसका लागि दर्शकले टिकट नम्बर र हलको नामसहित माई लभको फेसबुक पेजमा इनबक्स गर्नुपर्ने व्यबस्था गरिएको उनले बताए। एक जना भाग्यशाली दर्शकले आगामी अप्रिल २५ तारिखमा जापानमा हुन लागेको माई लभको प्रिमियरमा सहभागी हुने मौका पाउने उनले प्रष्ट्याए। लामाले माई लभ दस्ताबेजका रूपमा रहने फिल्म भएको दाबी पनि गरे।

फिल्ममा भूकम्पले हराएको प्रेम पनि आकर्षक ढंगबाट देखाउन खोजिएको छ। फिल्म डा. तोसिआकी इतोहले निर्देशन गरेका छन्। उनले यसअघि कठपुतली निर्देशन गरेका थिए। फिल्ममा गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्