पर्यटकीय हब बनाउने



ललितपुरमा धार्मिक, प्राकृतिक गरी धेरै पर्यटन सम्भावना छ। ती सबै सम्भावनाहरूको खोजी, पहिचान र प्रबद्र्धन गरी ललितपुरलाई पर्यटनको हब बनाउँछु। सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिका लागि स्थानीयहरूसँग निरन्तर साक्षात्कार र बहस र निष्कर्षलाई कार्यान्वयन मेरो पहिलो प्राथमिकता हो।

म व्यवसायिक मान्छे भएकाले मैले जितेँ भने सरकारले व्यवसायीलाई दिनुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउँछु। सरकारप्रति व्यवसायीहरूको कर्तव्य जस्तै, कति व्यवसायीहरूले सरकारलाई ट्याक्स नतिरी व्यापार र उद्योग सञ्चालन गरिरहेका छन्। उनीहरू सबैलाई करको दायरामा ल्याउँछु।

मैले पहिलेदेखि नै भन्दै आइरहेको छु। यस क्षेत्रको विकासका लागि म एकदमै निस्वार्थ ढंगले काम गर्नेछु। मैले प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट जितें भने मैले पाउने सांसदको तलबभत्ता सबै म यही क्षेत्रका लागि खर्च गर्नेछु। जुनजुन ठाउँमा खानेपानी समस्या र सरसफाइको कुरा आउँछ, यी लगायत स–साना योजनामा पनि मेरो आउने तलबभत्ताबाट बीउ बनाएर सरकारमार्फत निकास गराउछु। भूकम्पपीडितले पाउनुपर्ने र सरकारले दिन्छौं भनेर पनि नपाएका जुन राहतका कुराहरू छन्,त्यो राहतका कार्यक्रमहरूलाई म तुरुन्त विशेष पहलमार्फत वितरण गराउनेछु। त्यसबाहेक म एक अनुभवी पर्यटन विज्ञ र सफल पर्यटन व्यवसायी भएकाले गर्दा पाटन क्षेत्रमा रहेका सम्भावित क्षेत्रहरूलाई उत्कृष्ट पर्यटन क्षेत्रका रूपमा विकास गर्नका लागि मेरो विशेष पहलकदमी हुनेछ।

त्यसै गरी ऐतिहासिक ढुंगेधाराहरूको स्तरोन्नति र व्यवस्थापन गर्ने तत्कालीन योजनाहरू हुन्छन्। त्यसै गरी मध्यकालीन योजना भन्नुपर्दा यसै क्षेत्रमा मैले पर्यटकीय दृष्टिकोणले एकदमै धेरै सम्भावनाहरू देखेको छु। विशेष गरी नागदह, खोकना, बु·मती, ठेचोलगायतका क्षेत्रमा पर्यटनका लागि अत्याधिक सम्भावना भएका क्षेत्रहरू हुन्। जुन ठाउँमा पर्यटकीय होमस्टे बनाउछु भन्ने मेरो लक्ष्य रहेको छ।

वाम गठबन्धन त पूरै स्वार्थको हो। त्यसभित्र धेरै स्वार्थहरू लुकेका छन्। यसबाट एउटै पार्टी बन्न त कुनै पनि हालतमा सक्दैन। अहिले चुनाव जित्ने उद्देश्यका साथ मात्र यो गठबन्धन भएको देखाइएको हो। अनि रहयो कांग्रेसको कुरो, कांग्रेस पुरै यथास्थितिवादी शक्ति हो, यसले इतिहासमा कहिल्यै पनि नयाँ नयाँ योजनाहरू ल्याएन, मात्र चुनावको बेलामा अनेकन ठाउँबाट पैसा ल्याएर भोट किन्ने र जनताको अमुल्य भोटको दुरूपयोग गर्ने काम मात्र नेपाली कांग्रेसले गर्यो, गलत तरिका र प्रयोजनबाट भोटलाई आफ्नो अधिनमा ल्यायो र देशलाई विकासको पथमा रोक्ने काम मात्र गर्यो। यस कारणले गर्दा जनतामा अहिले एकदमै वितृष्णा उत्पन्न भएको छ। उहाँहरू अब कहाँ भोट हालौं भनेर दोधारमा परिरहेको अवस्था छ। यो अवस्थामा अहिले हाम्रो नयाँ शक्ति पार्टी एक नयाँ उदयका रूपमा देखा परेको छ।

डिबी लिम्बु
प्रतिनिधिसभा, नयाँ शक्ति पार्टी
ललितपुर क्षेत्र नं ३

प्रतिक्रिया दिनुहोस्