पिस पोस्टर कन्टेस्टमा विज्ञान प्रथम

0
Shares

हेटौंडा,(नेस)। लायन्स क्लब अफ हेटांैडा, लायन्स क्लब अफ हेटांैडा युथ र लायन्स क्लब अफ हेटांैडा इन्टेलेक्चुअलको संयुक्त आयोजनामा आयोजित ज्वाइन्ट पिस पोस्टर कन्टेस्टमा सत्यम् जेभियर्स बोर्डिङ स्कुलका विज्ञान बोम्जन प्रथम भएका छन्। जीएस निकेतनकी प्रतीक्षा गुरुङ द्वितीय र नवोदय शिशु सदनकी सैना प्रजापति तृतीय भएका छन्।

शान्तिको भविष्य शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा १२ विद्यालयका २४ विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगिताका निर्णायक विश्वराज सिग्देल र बीएस राना थिए। जिल्लाबाट छानिएको पहिलो चित्रलाई राष्ट्रियस्तरमा छनोट गराइ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ। सहभागीले तीन घन्टा लगाएर चित्र तयार पारेका हुन्।
विजयीलाई पुरस्कार प्रदान गर्दै ३२५ बीटुका वरिष्ठ जिल्ला सल्लाहकार राम श्रेष्ठले चित्रकला प्रतियोगिताबाट विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर मिलेको बताए।