दुवै रुकुममा छानिए म्यादी प्रहरी



नेपाल समाचारपत्र
रुकुम
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि रुकुम पूर्व र रुकुम पश्चिममा गरी सय ७ जना म्यादी प्रहरी छनोटमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजाअनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोटमा परेका हुन्। छनोट भएका मध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ। यस्तै १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन्।

छनोटमा पर्न सफल म्यादी प्रहरीको आइतबारदेखि नै तालिम शुरू हुने बताइएको छ। म्यादी प्रहरीका लागि पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए। आवेदन दिएका मध्ये ४ सय ८५ जना महिला रहेका थिए। तर,अन्तिम नतिजाअनुसार २ सय २६ जना महिला मात्र म्यादी प्रहरीमा छनोट भएका छन्। यसअघि स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरीमा छनोट भएका थिए।

प्रतिक्रिया दिनुहोस्