निन्जा चोर पक्राउ



 

टोकियो, (एजेन्सी)
जापानी प्रहरीले बिहीबार निन्जाको भेषभुषामा रहेका एकजना कुख्यात चोरलाई पक्रिन सफल भएको जनाएको छ। तर ती आशंकित चोर ७४ वर्ष उमेरको पत्ता लागेपछि प्रहरी ठूलो आश्चर्यमा परेको छ। यसै वर्ष उनको कालो लुगाले छोपिएको अनुहारमा सेक्युरिटी क्यामरामा देखिएको थियो। प्रहरीले निरन्तर प्रयास गरी गत जुलाइमा मात्र उनलाई पक्राउ गर्न सफल भएको थियो। प्रहरीले यी व्यक्ति अहिलेसम्म २ सय ५० वटाभन्दा बढी चोरी गरिसकेका ‘निन्जा अफ हेइसेइ’ हुनुपर्ने दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्