व्यापारिक क्षेत्र निर्माण



 

रियाद, (एजेन्सी)
सउदी अरेबियाले एउटा नयाँ शहर तथा व्यापारिक क्षेत्र निर्माण गर्ने योजनामा काम गरिरहेको छ। उक्त परियोजनामा सउदी अरेबियाको सरकारले ५ खर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने जनाइएको छ। युवराज मोहम्मद अली बिन सलमानले २६ हजार ५ सय वर्गकिलोमिटरको यो विजनेस जोन देशको उत्तर पश्चिमी इलाकामा विकशित गरिने जानकारी दिए। उक्त व्यापारिक क्षेत्र इजिप्ट र जोर्डनको सीमासम्म विस्तार हुनेछ। यस व्यापारिक केन्द्रमा खाद्यान्न प्रविधि, उर्जा र पानीको क्षेत्रमा विशेष ध्यान दिइने बताइएको छ। यस केन्द्रले सन् २०३० सम्ममा देशलाई १ सय अर्ब डलर योगदान दिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्