आँगनमै पानी ल्याउन सहयोग



 

हेटौंडा, (नेस)
हेटौंडा उप–महानगरपालिका–१६ स्थित राप्रपा पार्टीको वडा कार्यालय उद्घाटन कार्यक्रममा सोमबार हटिया चिसापानीकी असहाय वृद्ध बिबमाया सुनारले सबैका अगाडि राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापासँग आफ्नो एउटा इच्छा भएको सुनाइन्।

‘आफ्नै आँगनमा पानीको धारा निर्माण भए कति राम्रो हुने थियो, म बुढीलाई धेरै सहयोग मिल्ने थियो। पैसा छैन कसरी ल्याउनु –उनको गुनासो सुन्नेहरू वाक्क परे। हुन पनि निकै कमजोर आर्थिक अवस्थाकी उनले पैसा खर्चेर आँगनमै पानी ल्याउन सक्ने ताकत थिएन। उनको गुनासो सुनेपछि राप्रपा मकवानपुर अध्यक्ष गणेश थापाले तत्काल नगद १२ हजार हस्तान्तरण गरे। र, भने– ‘तपार्इंको दुःखमा हामी मल्हम लगाउँछौं, अब तपार्इंलाई पानी लिन पर पुग्नुपर्दैन। ‘अब आफ्नै आँगनमा धारा बनाउनूस्, म मकवानपुर आएको नै जनताको सेवा गर्न हो। र, मलाई यस्तो कार्यबाट बढी खुसी मिल्ने गर्दछ’ –थापाले थपे। थापाको आर्थिक सहयोगबाट सुनारले खुसी व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्