बाढी प्रभावित परिवारलाई फ्रान्सको १० करोड सहयोग

0
Shares

काठमाडौं, (नेस) । फ्रान्सले नेपालका बाढी प्रभावित क्षेत्रका बासिन्दालाई करिव १० करोड रुपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बाँके दाङका करिव ७ सय प्रभावित परिवारलाई सो सहयोग उपलब्ध गराइने बताइएको छ ।
ती जिल्लाका बाढी प्रभावित परिवारलाई खाद्यान्न बाहेकका अत्यावश्यक सामग्री खरिद, भत्किएका घर र अन्य संरचना निर्माण, स्वास्थ्य (मनोबैज्ञानिक) शिविर, औषधी उपचार लगायतका लागि सहयोग रकम खर्च हुने काठमाडौं स्थित पे्रmन्च दूतावासले जनाएको छ ।
‘एक हितैसी मुलुकका नाताले फ्रान्सले नेपाल सरकार र बाढी प्रभावित परिवारलाई सहयोग गर्न चाहेको हो’–नेपालका लागि फ्रान्सका राजदूत येभ्स् कार्मोनाको भनाई उद्धृत गर्दै मंगलबार फ्रेन्च दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सो सहयोग रकम फ्रान्सको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ‘हेन्डिक्याप इन्टरनेशनल’ मार्फत खर्च हुने बताइएको छ । सो संस्था नेपालमा सन् २००० देखि क्रियाशिल छ ।