नेप्से महाप्रबन्धकमा साउद

0
Shares

काठमाडौं, (नेस)

पुँजी बजारको नियमक निकाय नेपाल स्कट एक्सचेन्ज (नेप्से) ले नयाँ नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चन्द्रबहादुर साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।
साउदको कार्यकाल ४ वर्षको हुनेछ, नेप्सेका तत्कालीन महाप्रबन्धक सीताराम थपलियाले अवकाश पाएपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयको छनोट समितिले ३ जनाको नाम सिफारिस गरेकोमा साउदलाई चन्द्रसिंह साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा २४ वर्ष काम गरेको अनुभव छ।

उक्त कम्पनीमा २०५१ सालमा छैठौं तहमा प्रवेश गरेका साउदले प्रमुख कार्यकारी अधिकृत हुँदै २०७३ मा अवकाश पाउनुभएको थियो। एमबीएस गर्नुभएका साउदले हाल अध्यापन पेशा अंगालिरहनु भएको थियो। साउदलाई पुँजी बजारमा परिवर्तन ल्याउन सक्ने र समयनुकूल अगाडि बढाउन सक्ने उम्मेदवारका रूपमा हेरिएको थियो। महाप्रबन्धक पदका लागि १३ जनाको आवेदन परेको थियो। करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहेको थियो।

सरकारले साउदलाई नेप्सेको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेसँगै साउदले नेपाल समाचारपत्रसँग कुरा गर्दै नेप्सेमा अनलाइन कारोबार कार्यान्वयनमा ल्याउने तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन काम शुरू गर्ने बताउनुभएको छ।

साउदले साना लगानीकर्तालाई बजारमा भित्र्याउन सक्दो पहल गर्ने पनि बताउनुभएको छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै साउदले भन्नुभयो–‘पुँजी बजारलाई स्थानीयस्तरमा लाग्दै साना लगानीकर्ताको लगानी संरक्षण गर्न तत्पर हुनेछु। शेयर बजारसम्बन्धी सबैमा जनचेतना पुर्याउनु मेरो प्राथमिकता रहने छ।’

त्यस्तै जनताको पुँजीलाई समेत चलायमान बनाएर अर्थतन्त्र बलियो बनाउन लाग्ने उहाँको प्रतिबद्धता छ। सरकारी नियम कानुनमा रहेर नीति निर्माणमा सघाउ पुर्याउने तथा अर्थतन्त्र उकास्न आफ्नो स्तरबाट महŒवपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।