डब्लूडब्लूएफ र कोका–कोला फाउन्डेसनबीच



 

नेपालको पानी संरक्षणमा सहकार्य
नेपाल समाचारपत्र
काठमाडौं
डब्लूडब्लूएफ र कोका–कोला फाउन्डेसनले नेपालमा पानीको दीर्घकालीन प्रयोगमा प्रवद्र्धन, स्थानीय समुदायको जीविकामा सुधार र स्वच्छ पिउने पानीको जीवनचक्रको संरक्षण गर्न सहकार्य गरेका छन्।

दुई वर्षीय परियोजना अगस्ट महिनादेखि नेपालको मध्य पहाडी क्षेत्रको इन्द्रावती बेसिन र चितवनको बरण्डाभारमा शुरु भएको छ। इन्द्रावती सव वेसिनभित्र, यो परियोजना डण्डाखोला र छा खोलाको जलग्रहण वरिपरि लागू भएको छ। जंगल र स्वच्छ पानीको जीवनचक्रभित्र, दुईवटा जलग्रहणहरू शहरीकरण बढ्नाले, भू उपयोग र भू–प्रयोग परिवर्तनका कारण प्रभावित भएको छ, जसले पानीको उपलब्धतामा कमी आएको छ। यी समस्या जलवायु परिवर्तनले थप बिगारेको छ जसले गर्दा पूरै जलग्रहण क्षेत्र जोखिममा रहेको छ।

एकीकृत पानी स्रोत व्यवस्थापन पद्धतिमार्फत्, जतिबेला भूमिगत पानी पुन भरिँदै जान्छ, यो परियोजनाले स्थानीय समुदायसँग घरधुरी र कृषि उपयोगका लागि पानीको अपेक्षित प्रयोग र व्यवस्थापनाका लागि प्रवद्र्धन गर्दछ।
यसको जस्तै, बरण्डाभार करिडोरमा, यो परियोजनाले संरक्षणमा स्थानीय समुदायलाई आबद्ध गराउँदै बिसहजारी र त्यसमा आबद्ध तालहरूको एकीकृत जैविक पुनस्र्थापना र हेरचाहको कार्य गर्नेछ।

यो तालको प्रणाली रामसार संरक्षण सूचीमा सन् २००३ मा सूचीकृति भएको थियो। तर, सो सिमसार क्षेत्र प्रदुषण, तीव्ररुपमा फैलने प्रजातीहरू, सिमसार स्रोतमा मानवीय दबाब र सिमसार क्षेत्रमा रहेको अस्थायी पानीको स्रोत जस्ता कयौं चुनौतीहरूले असर पारिरहेको छ। परियोजनाले उल्लेखित चुनौतीहरूलाई घटाउन हस्तक्षेप गर्ने र तालको प्रणालीको पानीको गुणस्तर मापन गर्ने छन्। जसले स्थानीयबासीका लागि जैविक पर्यटनबाट आर्थिक लाभ दिने र जीवन चक्रीय सेवामा सकारात्मक प्रभाव पार्नेछ।

डब्लूडब्लूएफ नेपालसँग एकीकृत पानी स्रोत व्यवस्थापन र स्वच्छ पानीको विषयमा दशकौंदेखि आधारभूत अनुभव छ,’ डब्लूडब्लूएफ नेपालका स्वच्छ पानी नेतृत्वकर्ता राजेश सदाले भन्नुभयो–‘यो परियोजनाले डब्लूडब्लूएफ नेपालसँगको सहकार्यमा नेपाल सरकार, स्थानीय समुदाय र अन्य सरोकारबाला निकायहरूलाई अनुभवको आधारमा कार्य गर्न सहजता प्रदान गर्दछ।’

यो वर्ष, डब्लूडब्लूएफ र कोकाकोला कम्पनीले विश्वका नदीहरूको आधारको स्वास्थ्य सुधार गर्नका लागि सहकार्यको १०औं वर्ष मनाइरहेका छन्। यो सहकार्यले सिमसार र जलाधार क्षेत्रको २.२ मिलियन हेक्टरको पुर्नस्थापना, संरक्षण र व्यवस्थापनामा आश्चार्यजनक सुधार ल्याएको छ।

नेपाल र विश्वभर स्वच्छ पानीको संरक्षणका लागि प्राकृतिक स्रोतको व्यवस्थापन चुनौती सामना गर्न यो सहकार्य निकै महत्वपूर्ण छ, कोका कोला फाउन्डेसनी अध्यक्ष हेलेन स्मिथले भन्नुभयो–‘डब्लूडब्लूएफ र स्थानीय समुदायका साथमा हामीहरू स्थानीय तहमा यस्ता चुनौतीहरू सम्बोधन गर्न समुदायलाई सहयोग गर्दछौं। स्थानीय सरकारहरू र अन्य सामुदायिक सहकर्मीहरूका साथमा काम गरिरहेका छौं, जसले मुलुकभरका अन्य स्थानहरूमा पनि यस्तो प्रकारको कार्यहरू लागू गर्न वा दोहोर्याएर गर्न सक्षम हुनेछौं।

पानी हाम्रो व्यवसायको मुटुमा रहेको छ र हामी हाम्रो समुदायमा भएको सबैभन्दा महत्वपूर्ण बाँडेर प्रयोग गरिने मध्येको एक स्रोतको रुपमा सम्मान गर्दछौं, स्थानीय कोकाकोला बोटलर, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भन्नुभयो–‘हाम्रो स्थानीय समुदायमा जलाधारको संरक्षण र व्यवस्थापन गर्न डब्लूडब्लूएफ नेपालसँगको हाम्रो सहकार्यले डब्लूडब्लूएफ र कोकाकोलाको १० वर्षको सफलता हासिल गरिसकेको छ।’
यो परियोजनाको अगाडि, डब्लूडब्लूएफ नेपाल र कोकाकोला कम्पनीले संयुक्तरुपमा इन्द्रावती सब बेसिनमा सन् २०१३ मा एकीकृत नदी आधार व्यवस्थापन, एकीकृत पानी स्रोत व्यवस्थापन गरिसकेको छ, जसले पाँच हजारभन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्