हिम इलेक्ट्रोनिक्स र ग्रिनलाइन प्लानेटबीच सहकार्य



 

काठमाडौं, (नेस)
ग्रिनलाइन प्लानेट सौर्य सामग्री उत्पादक कम्पनीले हिम इलेक्ट्रोनिक्ससँग सहकार्य गर्ने भएको छ। ग्रिनलाइट प्लानेटसँग ५० भन्दा बढी देशमा विद्युत् नपुगेका बजारमा सौर्य प्रणाली बिक्री गरेको तथा आविष्कार सहकार्य मोडल पुर्याएको अनुभव रहेको छ।

हिम इलेक्ट्रोनिक्सको वितरण च्यानल र सर्भिस सेन्टरसहित नेपालका १ करोड ६५ लाख विद्युत् नपुगेका जनसंख्यासम्म सौर्य प्रणाली पुर्याउने छ। दुवै कम्पनी उपभोक्तासम्म उच्च गुणस्तरीय, सुपथ सामग्री पुर्याउने आफ्ना समान लक्ष्यका साथ आपसमा जुटेका छन्।

यस सहकार्यद्वारा नेपालको केन्द्रीय, पूर्वी र पश्चिम क्षेत्रमा ६ हजार ५ सयभन्दा बढी उत्पादन बिक्री गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्