डुङ्गा दुर्घटनामा नौको मृत्यु, २८ बेपत्ता


 

बोगोटा, १२ असार । उत्तरपश्चिम कोलोम्बियामा आइतबार अपराह्न १७० यात्रु बोकेको एक डुङ्गा दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएका छन् ।

कोलोम्बियाको उत्तरपश्चिम प्रान्त आनटिओक्युइमा रहेको एक पर्यटकीय सहर गुआटेपेमा सो दुर्घटना भएको थियो । सो दुर्घटनाको कारण हालसम्म प्रष्ट नभएको सरकारी अधिकारहरुले जानकारी दिएका छन् ।

आनटिओक्युइ क्षेत्रीय सरकारको प्रकोप नियन्त्रण विभागका प्रमुख मर्गारिता मोन्कादामाअनुसार यस दुर्घटनामा परी नौ व्यक्तिको मृत्यु हुनको साथै अन्य २८ जना बेपत्ता भएका थिए ।
मर्गारिताका अनुसार सो डुङ्गामा १७० व्यक्ति सवार रहेका र ती मध्ये कैयौँलाई उद्धार गरिएको तथा केही भने आफै त्यहाँबाट बाँचेर आउन सफल भएका थिए । यस घटनामा परी १५ व्यक्ति घाइते भएका सरकारद्धारा सञ्चालित समाचार समितिले जानकारी दिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।