बालबालिकालाई खोप नलगाउने अभिभावकलाई जरिवाना



रोम,(एजेन्सी)
इटाली सरकारले बालबालिकालाई कुनै पनि सरकारी बिद्यालयमा भर्ना गरिनु अघि १२ वटा सामान्य रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनै पर्ने नियम लागु गरेको छ । प्रधानमन्त्री पाओलो जेन्टिलोनी बैज्ञानिक सिद्धान्तहरु विरुद्ध फैलाइएको हल्लाको कारण खोप लगाउने चलनमा कमि आएको दोष लगाएका छन् ।

सन् २०१६ को तुलनामा इटालीमा यो वर्ष दादुरा लाग्नेको संख्यामा तेब्बर वृद्धि भएको छ । अब देखि यदि बालबालिकालाई बिद्यालय पठाउने समय अर्थात छ वर्षको उमेरमा पनि ति खोप नदिइएको पाइएको खण्डमा अभिभावकहरुलाई जरिवाना गराउने भएको छ ।

खोप विरुद्ध अफवाह फैलाइएको विरुद्ध चेतना फैलाउने उद्देश्यले सरकारले स्वास्थ सम्बन्धी आवश्यक दस्तावेजहरु अभिभावकहरु समक्ष पुर्याउने काम भइरहेको छ । यसअघि इटालीमा दुई वर्ष पुगेका नब्बे प्रतिशत बालबालिकालाई दादुरा विरुद्ध खोप लगाइएको पाइएकोमा अहिले सो प्रतिशत ८० मा झरेको छ । विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले सम्पुर्ण राष्ट्रलाई यो प्रतिशत कम्तिमा ९५ वा सो भन्दा माथि हुनुपर्ने सुचना जारी गरेको छ ।

इटालियन सरकारले बालबालिकालाई पोलियो , दादुरा , हेपाटाइसिस बि , टिटानस , डिप्थेरिया , हेमोफायलस इन्फ्लुएन्जा बि , मेनिन्जाइटिस बि , मेनिन्जायटिस सि , मम्पस , रुवेल्ला , हुपिंग कफ र चिकेनपोक्स विरुद्ध खोप लगाउन आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्