प्योङ्याङलाई ह्याकिङको दोष



वासिङ्टन, (एजेन्सी)
उत्तर कोरियाका ह्याकरहरूले आणविक र क्षेप्यास्त्र कार्यक्रम चलाउन आवश्यक पैसा जुटाउन ह्याकिङ गरी बैंकहरूबाट अर्काको खाताहरूबाट पैसा निकाल्ने गरेको अमेरिकाबाट प्रकाशित हुने अखवार दि न्युयोर्क टाइम्सले सोमबार जनाएको छ।

शुक्रबार विश्वका करिब १ सय ५० वटा राष्ट्रका ठूलाठूला कम्पनी र अस्पताललगायतका कम्प्युटर गरी करिब ३ लाखवटा मेसिन संक्रमित हुनेगरी भएको साइबर आक्रमणका लागि उत्तर कोरियासँग आबद्ध ह्याकरहरूमाथि शंका गरिएको छ।

न्युयोर्क टाइम्सले गुप्तचर अधिकारी र निजी साइबरसुरक्षा विशेषज्ञहरूलाई हवाला दिँदै ह्याकिङमा उत्तर कोरियाको प्रत्यक्ष संलग्नता रहेको जनाएको थियो। विगत एक वर्षदेखि उत्तरकोरियाको आणविक र क्षेप्यास्त्र गतिविधिका कारण अमेरिका, जापान, दक्षिण कोरिया, चीन र रसिया निकै सर्तक अवस्थामा रहँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्