फ्यानद्वारा विद्यामाथि दुव्र्यहार !



बलिउड बाला विद्यावालन कोलकतामा दुव्र्यवहारको शिकार भएकी छिन्। एक भारतीय अनलाइनले जनाएअनुसार विद्या केही दिनअघि कोलकताको एक स्टेसनमा काम विशेषले झरेका बेला दुव्र्यवहारको शिकार भएकी हुन्।

समाचारमा जनाइएअनुसार एक फ्यानले उनीसँग सेल्फी लिने सिलसिलामा उनको अनुमतिविना नै उनको गला लागेर सेल्फी लिने कोसिस गरे। फ्यानको यस किसिमको हर्कतले विद्यालाई निकै रिस उठ्यो र उनले आफ्नो फ्यानलाई ठीक किसिमको व्यवहार गर्न भनिन्।

विद्या आफ्नो आउँदै गरेको फिल्म बेगम जानको प्रोमोसनका लागि त्यहाँ पुगेकी थिइन्। खबरअनुसार विद्याले तथाकथित फ्यानलाई पहिले आफूसँग भेट्न मनाही गरेकी थिइन्। उनको म्यानेजरले पनि फ्यानहरूलाई टाढै रहन भनेका थिए। तर फ्यानले कसैको कुरा नमानीकन उनको गला लागेर उनीसँग सेल्फी तस्वीर लिने कोसिस गरिरहे। यस्तो व्यवहारले रिसाएकी विद्या आफ्ना फ्यानहरूलाई धक्का दिँदै त्यहाँबाट निस्किएको समाचारमा जनाइएको छ। घटनाका बेला उनीसँग फिल्मका निर्माता र निर्देशक पनि सहभागी थिए। ‘यदि कोही नचिनेको व्यक्ति, चाहे त्यो महिला होस् या पुरुष, तपाईंमाथि हात राख्छ भने तपाईं पनि असहज महसुस गर्नुहुन्छ। किनभने उक्त व्यक्ति तपाईंको व्यक्तिगत जिन्दगीमा प्रवेश गरिरहेको हुन्छ। म पब्लिक फिगर हुँ, पब्लिक प्रोपर्टी होइन’ –उनले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्