फागुको रमझम



सर्वसाधरणले जस्तै कलाकारहरुले पनि फागु पूर्णिमालाई भव्यरूपमा मनाएका छन्। कलाकारहरुले सामूहिकरूपमा उल्लासका साथ फागु सेलिब्रेट गरेका हुन्।

धेरैजसो कलाकारहरु अभिनेत्री करिश्मा मानन्धर र अभिनेता तथा निर्माता विनोद मानन्धर दम्पत्तीको गोदावरीस्थित निवासमा जम्मा भएर फागु मनाएका थिए। करिश्मा र विनोद दम्पत्तीले केही वर्षदेखि आफ्नो निवासमा कलाकारहरुलाई निम्त्याएर सामूहिकरूपमा फागु मनाउँदै आएका छन्। यसबाहेक टिभी फिल्मी, छवि ओझाको नमस्ते नेपाललगायतले पनि फागुको अवसरमा कार्यक्रम आयोजना गरेको थियो। करिश्मा निवासदेखि अन्य फागुका कार्यक्रमसम्म कलाकारहरु एक अर्कामा रङ दलेर र नाँचगान गरेर रमाएका थिए।

प्रतिक्रिया दिनुहोस्