मोर्चा कार्यकर्ता पक्राउ



लहान, २४ फागुन । बजार बन्द गराउँदै हिँड्ने क्रममा प्रहरीले आज बिहान लहानका विभिन्न स्थानबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् । रासस

प्रतिक्रिया दिनुहोस्