एलएलाई ज्ञान कप



काठमाडौं, (नेस)
लिटिल एन्जल्स (एलए) ले छैटौं ज्ञान कप अन्तरविद्यालय जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। राउन्ड रोविन लिगको अन्तिम खेलमा गत उपविजेता एलएले साविक विजेता ज्ञानोदयलाई ३–२ गोलले पराजित गर्यो।

एलएको जितमा सलुन गुरुङले २ तथा प्रनिश रसाइलीले १ गोल योगदान गरे। अन्तिम खेलअघि एलएले सुदेशालाई ७–० र आदर्श हिमालयनलाई १२–० ले हराएको थियो भने ज्ञानोदयले आदर्श हिमालयनलाई ६–१, गुरुकुललाई ६–० र सुदेशालाई १–० ले पन्छाएको थियो।

प्रतिक्रिया दिनुहोस्