जितको दाबी



ईश्वरराज ढकाल

विद्यार्थी संगठनको सहमतिमा देशभरका करिब ३ सय क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ। विवादको कारण रोकिएका क्याम्पसमा निर्वाचन हुने क्रम जारी छ। त्रिविअन्तर्गत ६० आंगिक क्याम्पस सञ्चालित छन्। तीमध्ये गएको १८ गते २१ वटामा मात्रै निर्वाचन भएको थियो। अझै ३९ वटामा हुन सकेको छैन। ’हामी सहमति गर्दै छौं केही दिनमा अन्य क्याम्पसमा निर्वाचन गर्ने तयारी गरेका छौं‘ –त्रिविका रेक्टर एवं केन्द्रीय निर्वाचन समितिका संयोजक प्राडा सुधा त्रिपाठीले भन्नुभयो। परिणामले पहिलो संगठन एमाले निकट अनेरास्ववियु रहेको छ, दोस्रोमा नेपाल विद्यार्थी संघ र तेस्रोमा अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) ले ल्याएको छ। देशको चौथौ ठूलो राजनीतिक दल राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) ले ३ स्थानम विजयी हासिल गरेको छ। नेमकिपाको विद्याथी संसठन नेक्राविसंघले एक र अन्य विभिन्न दल निकट भ्रातृ संगठने केही स्थान हात पार्न सफल भएका छन्।

तीन ठूला विद्यार्थी संगठनबीच कसले कति सिट ल्यायोभन्दा पनि जालसाक्षी गरी सिट बढाएको आरोप लगाएको छ। अनेरास्ववियुले आफू पहिलो संगठन भएको दाबी गर्दैगर्दा नेपाल विद्यार्थी संले अनेरास्ववियुले बदमासी गरेको आरोप लगाउँदै पहिलो संगठन नेविसंघ नै भएको दाबी गरेको छ। अनेरास्ववियुले १९ गते पत्रकार सम्मेलन आयोजना गरी सिट संख्या सार्वजनिक गरेको एक घन्टा बित्न नपाउँदै नेविसंघले सोही स्थानमा पत्रकार सम्मेलन गरी आफ्नो संगठनले सबैभन्दा धेरै क्याम्पसमा विजयी हासिल गरेको दाबी गरेको थियो। दुवै संगठनले बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

वास्तविक कस्ले बढी क्याम्पसमा विजयी हासिल गरेका छन् यो छुट्याउने जिम्मा त त्रिविको हो। तर, त्रिवि भने निजी र सामुदायिक क्याम्पसको आफूहरुसँग रेकर्ड नहुने बताइरहेका छन्। ’कति वटामा निर्वाचन भयो, हामीलाई थाहै हुँदैन, हामीले त आंगिक क्याम्पसको मात्र रेकर्ड रोख्ने गरेका छौं‘ –त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले भन्नुभयो। विद्यार्थी संगठनबीच विवाद हँुदा त्रिविलाई समेत समस्या परेको छ। विद्यार्थी संगठनले आफूहरू पहिलो संगठन भन्न छाडेका छैनन्। १ सय ७ सिट ल्याएको दाबी गरेको अनेरास्ववियुले नेविसंघले भ्रम छरेर सिट बढाएको आरोप लगाइरहेका छन्।

नेविसंघले भने अधिकांश स्थानमा अनेरास्ववियुले जालझेल गरेको आरोप लगाइरकेको छ। अनेरास्ववियु क्रान्तिकारीले भने आफूहरूले पहिलो र दोस्रो संगठनभन्दा पनि विद्यार्थी संगठन सुदृढ हँुदै गएको जनाएको छ। सो संगठनले उपत्यकाको चर्चित इन्जिनियरिङसहित ७३ वटा क्याम्पसमा जित हात पारेको छ। नेविसंघले १ सय ५ वटामा विजयी हासिल गरेको दाबी गरेको छ।
नवीना लामा
अध्यक्ष, अनेरास्ववियु

कस्ले कति सिट ल्याएको छ भन्ने विषयमा हामीहरूले सार्वजनक गरिसकेका छौं। वास्तविक कति हो त्रिविले खोज्नुपर्यो, तपाईं पत्रकारहरूले खोतल्नुपर्यो। हामी त पहिलो संगठन भएको देखिइसकेको छ। तर, नेविसंघले भ्रम फैलाइरहेको छ।

वास्तविकता के हो पछि बाहिर आउला नै तर अहिले हामी त पहिलो संगठन भएको बताइरहेका छौं। हामीले पत्रकार सम्मेलन आयोजना गरेकै ठाउँमा हामी पछि पत्रकार सम्मेलन गर्ने अनि हामीलाई टक्कर लिन बढी सिट देखाउने, यो नेविसंघको सरासर गलत प्रवृत्ति हो। हामीले त क्याम्पससहित विजयी भएका सभापतिको नाम सार्वजनिक गरेका छौं। नेविसंघले त मनपरी गरेको छ। नभएको क्याम्पसमा विजय हासिल गर्यौं भनेको छ। सिनर्वाचन नै नभएको स्थानमा जित्यौं भन्दै लिस्ट बढाएको छ। यो सरासर भ्रम छर्ने काम नेविसंघले गरेको छ।

तपाईंहरूले यस्ता विषयमा कलम चलाउनुपर्छ। अब अन्य क्याम्पसमा निर्वाचन गर्न हामी लागेका छौं। नेपालकै ठूलो भनिएको बैलाली बहुमुखी क्याम्पसमा हिजो निर्वाचन भएको छ। पृथ्वीनारायण क्याम्पसमा २५ गते गर्ने तयारी भइरहेको छ आरआरमा २३ गते गर्ने विषयमा छलफल भइरहेको छ। हामी त निर्वाचनबाट भागेका होइनौं, त्रिविले केही विषयमा काम गर्न नसक्दा समस्या परेको हो। बाँकी स्थगित भएका क्याम्पसमा चाँडै नै निर्वाचन गर्नेछौं, त्यसका लागि विभिन्न संगठनबीच छलफल भइरहेको छ।
नैनसिंह महर
अध्यक्ष, नेविसंघ

डाटा हेरेर भेरिफिकेसन गरे हुन्छ नि ? कुन संगठनले कति मत ल्यायो भनेर। हामी त पहिलो संगठन हौं, पहिला। हाम्रो कुनै नामावली झुटो छैन सबै साँचो छ। तर, अनेरास्ववियु र क्रान्तिकारीले केही हारेका क्याम्पसमा जित्यौं भनेर प्रचार गरिरहेका छन्। वास्तवमा भन्नुपर्दा हाम्रो संगठन मजबुद छ, स्ववियु निर्वाचनमा हामीले जति सिट ल्याएका छौं त्यो उल्लेखनीय छ। हामी पहिलो हौं। अहिलेसम्म १ सय ५ स्थानमा जित हासिल गरेका छौं। तपाईंहरूले नै डाटा हेर्नूस् हामी बलियो छौं कि अनेरास्ववियु वा क्रान्तिकारी यो विषयमा खोजविन गर्नु आवश्यक छ।
अन्य क्याम्पसमा निर्वाचन गर्ने वियषमा हामीले विचार गरिरहेका छौं। सबै संगठन एकजुट भए निर्वाचन गर्न अप्ठ्यारो छैन। हामी निर्वाचनको बाधक होइनौं, कहींकतै साना समस्या भएका होलान् त्यसलाई समाधान गर्न कुनै समस्या छैन। अबको केही दिनमा स्थगित भएका अन्य क्याम्पसमा निर्वाचन हुनेछ। उपत्यकाका ठूला क्याम्पसमा आफूले जित्न नसकेको विषयलाई समीक्षा गर्नुपर्छ। तर, हामी सबैभन्दा बलियो संगठनको रूपमा देखापरेका छौं। अब हुने निर्वाचनमा हामीले सबैभन्दा धेरै मत ल्याएर विजयी हासिल गर्नेछौं।
नरेन्द्र न्यौपाने
अनेरास्ववियु क्रान्तिकारी

हामीले झुठो तथ्यांक सार्वजनिक गर्नुपर्ने कुनै जरुरी छैन। हामीले जति ल्याएका छौं त्यो सार्वजनिक गरिसकेका छौं। हाम्रो जित ७३ स्थानमा हो। सचिव, उपाध्यक्षलगायतका पदका विजयी हासिल गरेको खोज्ने हो भने हामी पहिलो विद्यार्थी संगठन हो भन्न आवश्यक छैन। जनताले बुझेका छन्, मत दिने विद्यार्थीले मूल्यांकन गर्नेछन्। हामीले दुई वटा क्याम्पसमा एक मतले हार्यौं कतिमा त धेरै पदाधिकारीले जित हात पारेका छन्। वास्तवमा भन्नुपर्दा हाम्रो संगठन अन्यको तुलानामा मजबुद छ। वास्तवमा हामीले कम मत ल्याउछौं कि भन्ने अनुमान गरेका थियौं। तर, त्यसो भएन हामीले सानदाररूपमा विजयी हात पार्यौं। हामीले यो संगठनले यसो गर्यो त्यसले त्यसो गर्यो भन्न जरुरी छैन। हामी त मजबुद भएका छौं।

अन्य क्याम्पसमा निर्वाचन गर्ने विषयमा हामीले छलफल गरिरहेका छौं। ठूला संगठन र अन्यसँग छलफल गरेर निचोडमा पुग्नेछौं। तर, क्याम्पस प्रशासनले निर्वाचन गर्ने आँट गर्नुपर्छ। त्रिविले परीक्षापछि निर्वाचन गरौं भनिरहेका छौं, हामीले चाँडै गरौं भनिरहेका छौं। निर्वाचनको पक्षमा सबै विद्यार्थी संगठन लागिपरेको अवस्थामा निर्वाचन रोक्नुको कुनै औचित्य छैन। स्ववियु निर्वाचनले हाम्रो साख उचाइमा पुगेको महसुस गरेका छौं, अब स्थानीय निर्वाचन आउँदै छ। हाम्रो संगठन पूर्णरूपमा त्यतातिर लागि पर्नेछ।

अखिल–क्रान्तिकारी

क्र.सं. क्याम्पस अध्यक्ष
१. पुल्चोक केन्द्रीय क्याम्पस रोशन थापामगर
२ थापाथली क्याम्पस, थापाथली, काठमाडौं प्रज्वल खत्री
३ सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर रमेश खड्का
४ महेन्द्र बहुमुखी क्याम्पस, धरान, सुनसरी सरगम सागर चेम्जोङ
५ घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली जीतबहादुर विक ’जीवन‘
६ चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक मिलन लामा
७ तिलाकर्णाली बहुमुखी क्याम्पस मान्मा, कालीकोट भीमप्रसाद आचार्य
८ श्रीरिङ्गेश्वर बहुमुखी क्याम्पस बलेटक्सार, गुल्मी किसन पाण्डे
९ देवी क्याम्पस विर्तामोड, झापा पदम खड्का ’रोशन‘
१० विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ, सोलु युवराज बास्तोला
११ नवनेपाल क्याम्पस जुँघार, रोल्पा सुमित रानामगर
१२ सर्वमंगला ब. क्याम्पस पाँचखाल, काभे्र तेजबहादुर मिजार
१३ जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ रामचन्द्र रोकाय
१४ परोपकार आदर्श क्याम्पस, गोरखा मीना पन्त
१५. राडी शिक्षा क्याम्पस, रुकुम खुबराज वली
१६. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी शीतल थापा
१७. चौमला बहुमुखी क्याम्पस, कैलाली प्रकाश आचार्य
१८. शीतल क्याम्पस चौरजहारी, रुकुम अनुप पोख्रेल
१९. पालुङ ब. क्याम्पस, मकवानपुर मुकेश गोले
२०. दाप्चा कृष्ण क्याम्पस दाप्चा, काभ्रे अमृत अधिकारी
२१. भेरी शिक्षा क्याम्पस गुमी, सुर्खेत रित कु. विक
२२. जुगल ब. क्याम्पस साँगाचोक, सिन्धुपाल्चोक जयन्द्र श्रेष्ठ
२३. मुसीकोट ब. क्याम्पस, रुकुम नारायण केसी
२४ लाम्पान्टार ब. क्याम्पस, सिन्धुली दिनेश रमौली
२५ भाषा क्याम्पस, धनकुटा नवीन पौडेल
२६ प्रभा ब. क्याम्पस, काभ्रे विनोद चौलागार्इं
२७ पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ संगीता भुजेल
२८ प्रताप स्मृति कलेज, सिंगटी, दोलखा नमराज बस्नेत
२९. महालक्ष्मी ब क्याम्पस, लुभु, ललितपुर सरोज महर्जन
३०. सगरमाथा आईटी कलेज, सानेपा, काठमाडौं मनिष खत्री
३१. नलगाड बहुमुखी क्याम्पस, दल्ली, जाजरकोट राजन राना
३२. नन्दादेवी वहुमुखी क्याम्पस, कोटवाँडा, कालिकोट लक्ष्मण बुढा
३३. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, खहरे, धादिङ रामबाबु विष्ट
३४. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल, बर्दिया धनसरा ढकाल
३५. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला भुवन भण्डारी
३६. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला नरबहादुर विष्ट
३७. त्रिपुरा क्याम्पस, नाम्दु, दोलखा शालिकराम उप्रेती
३८. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी सिर्जना घिमिरे
३९. शिवजन क्याम्पस शीतलपाटी, सल्यान हरिप्रकाश वली
४०. फारुला बहुमुखी क्याम्पस, सल्यान रामप्रसाद शर्मा
४१. वनगाड क्याम्पस, सल्यान इन्द्रबहादुर बुढाथोकी
४२. सानोभेरी शिक्षा क्याम्पस, सिम्ली, रुकुम रामबहादुर खड्का
४३. सिमुतु शिक्षा क्याम्पस, रुघा, रुकुम जीवन पुनमगर
४४. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट, रुकुम नवराज केसी
४५. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम, श्रीकुमार बुढाथोकी
४६. पाणिनी बहुमुखी क्याम्पस, सन्धिखर्क, अर्घाखाँची लक्ष्मण खड्का
४७ विश्व निकेतन क्याम्पस, काठमाडौं कपिल दाहाल
४८. लिकु क्याम्पस, डोल्पा, योगेन्द्र बुढा
४९. थर्पु क्याम्पस, पाँचथर ज्योति काङ्वाङ
५०. गरुवा क्याम्पस, दानाबारी इलाम सरिता लिम्बु
५१. कालिका बहुमुखी क्याम्पस, झापा खगेन्द्र सुवेदी
५२. चकरघट्टी क्याम्पस, सुनसरी बुद्रोस लिम्बु
५३. मोती क्याम्पस, झापा विपीन बस्नेत
५४. रंगनाथ कलेज, रंगेली, मोरङ ताजिम अन्सारी
५५. बेतना कलेज, मोरङ प्रकाश चौधरी
५६. जनसेवा बहुमुखी क्याम्पस, बाँके रामसिंह थारू
५७. गल्फा बहुमुखी क्याम्पस, हुम्ला जल बुढा
५८. चतुर्देव विष्णुपूर्ण बहुमुखी क्याम्पस, रातोपाटी, मुगु नवराज कार्की
५९. तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम प्रेमबहादुर फोम्बो
६०. ह्यातुङ झरना क्याम्पस, तेह्रथुम युवराज गौतम
६१ जन ज्ञानकुञ्ज क्याम्पस, डसेरा, जाजरकोट विष्णु बीसी
६२. मरिन बहुमुखी क्याम्पस, सिन्धुली नेत्र नेपाली
६३. सहयोगी क्याम्पस, गोकर्ण काठमाडौं संग्राम रानामगर
६४. शिवपुरी क्याम्पस, शिवपुरी, काठमाडौं सुजन तामाङ
६५. सदाशिव बहुमुखी क्याम्पस, बानियाभार, बर्दिया शिला थारू
६६. कुमरी नमुना बहुमुखी क्याम्पस, नुवाकोट लक्ष्मी मुढवरी
६७. कृष्ण वर्णेश्वर क्याम्पस, दिमीपोखरी, रामेछाप मञ्जिल मोक्तान
६८. न्यु भिजन बहुमुखी क्याम्पस, डिल्लीबजार जनार्दन कार्की
६९. चण्डेश्वरी क्याम्पस, नुवाकोट निराजन बोगटी
७०. डोल्पो बहुमुखी क्याम्पस, डोल्पा, जयबहादुर रोकाय
७१. पक्लिहवा क्याम्पस, भैरहवा, रूपन्देही रिकेश श्रेष्ठ

अनेरास्ववियु

क्र.सं. क्याम्पस अध्यक्ष
१. ओखलढुंगा क्याम्पस जीवन कटवाल
२ जनता क्याम्पस, सुनसरी रूपचन्द्र अधिकारी
३ शिक्षा क्याम्पस, सुर्खेत चक्र शाही
४ धचअ इन्द्रराज पौडेल
५ सुकुना ब. क्याम्पस, मोरङ सन्तोष लिम्बु
६ नवजागृत ब. क्याम्पस, तिलाहर अर्जुन परियार
७ मकवानपुर क्याम्पस कुमार केसी,
८ पूर्वाञ्चल इअस, धरान अनुभव पोख्रेल
९ केन्द्रीय प्र. हात्तीसार क्याम्पस सौरभ सञ्जेल
१० रेसुङ्गा बहुमुखी, गुल्मी श्रीराम महत
११ मस्याम एकीकृत क्याम्पस, पाल्पा पुरन विक
१२ भीमोदय क्याम्पस, गोर्खा राजेन्द्र भट्ट
१३ पिण्डेश्वर विद्यापीठ नीलमणि रिजाल
१४ टीकापुर बहुमुखी क्याम्पस, कैलाली सुरेश शर्मा
१५. सिम्मता बहुमुखी क्याम्पस, सुर्खेत घनश्याम बस्नेत
१६. यज्ञोदय बहुमुखी क्याम्पस शम्भु थारू
१७. सिद्धार्थ क्याम्पस, कपिलवस्तुमा सुशील खत्री
१८. पभअ, कालिमाटी पूर्ण खड्का
१९. जनज्योति ब. क्याम्पस, लालबन्दी कुलप्रसाद गौतम
२०. एड्भान्स इन्जिनियरिङ गौरव थापा
२१. कोटेश्वर क्याम्पस माधव अधिकारी
२२. बागेश्वरी ब. क्याम्पस, कोहलपुर दिनेस केसी, रिजाल
२३. चिकित्सक अध्यन स., महाराजगन्ज मिलन गैरे
२४ सुनकुन्डा क्याम्पस मोहन बोहरा
२५ भोजपुर ब. क्याम्पस प्रकाश सिं राई
२६ महाराजगन्ज नर्सिङ क्याम्पस विमला धमला
२७ दिव्यज्योति क्याम्पस, नवलपरासी प्रकाश पाण्डे
२८ उर्लाबारी क्याम्पस, मोरङ गणेश घिमिरे
२९. दैलेख नारायण क्याम्पस रेखा थापा
३०. च ज ब क्याम्पस हरिवन, सर्लाही प्रज्वल ढुङ्गाना
३१. टीकासिंह ब. क्याम्पस, बर्दिया जीवन रिजाल
३२. वन विज्ञान अध्ययन संस्थान, पोखरा विशाल अर्याल
३३. वरुण क्याम्पस, संखुवासभा सुरेश थापा
३४. म्याग्दी बहुमुखी क्याम्प्स सावित्रा केसी
३५. हेटौंडा क्याम्पस, मकवानपुर उमेश पुरी
३६. मर्याङ्दी ब. क्याम्पस, लमजुङ देवेन्द्र गुरुङ
३७. बाजुरा क्याम्पस चेतन अयडी
३८. मन्थली क्याम्पस रामेछाप कपिल मगर
३९. द्रोणाचल क्याम्पसमा दैलेख अग्नि धिमाल
४०. तेज गंगा ब. क्याम्पस, काभ्रे राजेश थापा
४१. मिर्मी ब. क्याम्पस, स्याङ्जा सरस्वती न्यौपाने
४२. मनहरी ब. क्याम्पस मकवानपुर नकुल अर्याल
४३. निर्मल ब. क्याम्पस मकवानपुर श्याम कँडेल
४४. ग्रामप्रकाश ब. क्याम्पस, पर्वत राजेश हमाल
४५. देवदह आदर्श क्याम्पस कृष्ण पौडेल
४६. जनचेतना ब. क्याम्पस, कालिकोट प्रकाश सञ्जेल
४७ महाकाली ब. क्याम्पस, कञ्चनपुर सुशीला चौधरी
४८. चन्द्रकोट ब. क्याम्पस गुल्मी विमला गौतम
४९. रघुनाथ बहुमुखी, कैलाली शिद्धराज जोशी
५०. नेपालगन्ज नर्सिङ क्याम्पस, शर्मिला थापा
५१. सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक अरुण पराजुली
५२. रारा शिक्षा क्याम्पस, मुगु चन्दप्रकाश मल्ल
५३. जलवीरे क्याम्पस, सिन्धुपाल्चोक अमृत थापा
५४. बझाङ दीप क्याम्पस, झोता लोकेश भण्डारी
५५. प्रताप स्मृति क्याम्पस, दोलखा रूपेश घिमिरे
५६. सिद्धज्योति क्याम्पस, सिन्धुली दीपेन्द्र फुयाल
५७. त्रिदेव क्याम्पस, चारआली, झापा लक्ष्मी न्यौपाने
५८. सरस्वती क्याम्पस, डकाहा, सिन्धुली रमेश कट्टेल
५९. सेती क्याम्पस, बझाङ बिमला अवस्थी
६०. इन्द्रावती क्याम्पस, मेलम्ची बालकृष्ण दुलाल
६१ मंगला शिक्षा क्याम्पस, बाबियाचौर अनिषा भट्टराई
६२. त्रिवेणी क्याम्पस, बिजगडा, बझाङ, जय कुँवर
६३. गौमती ब. क्याम्पस, सिन्धुली उज्वलकुमार श्रेष्ठ
६४. एकतप्पा ब. क्याम्पस, इलाम हिमाल खनाल
६५. हिमशिखर ब. क्याम्पस, सुर्खेत रमेश शर्मा
६६. काठमाडौं क्याम्पस, कालिमाटी सुशील गिरी
६७. संखुवासभा ब. क्याम्पस, चैनपुर मनोज तामाङ
६८. गौरादह बहुमुखी क्याम्पस, झापा कमल पौडेल
६९. फुलबारी क्याम्पस, कैलाली लक्ष्मण गिरी
०. हिले ब. क्याम्पस नरेन्द्रबहादुर राई
७१. जालपादेवी पाख्रिबास, धनकुटा सावित्रा घिमिरे
७२. डेडिथुम्का क्याम्पस सालिकराम पराजुली
७३. सञ्जीवनी क्याम्पस, धुलिखेल, रमेशसिंह ठकुरी
७४. कुसादेवी क्याम्पस, मन्दिरा घिमिरे
७५ रिडी बहुमुखी क्याम्पस, गुल्मी रामप्रसाद पोखरेल
७६. सिद्धार्थ सा. क्याम्पस, स्याङ्जा प्रतिष्ठा कार्की
७७. पाटन ब. क्याम्पस, बैतडी महेशप्रसाद भट्ट
७८. सल्यान ब. क्याम्पस, सल्यान रामबहादुर खत्री
७९. माण्डव्य ब. क्याम्पस, पाल्पा नवीन बस्याल
८०. शान्ति क्याम्पस, बझाङ डम्बर सिंह
८१. खापरदेव क्याम्पस, बझाङ पूजा कार्की
८२. आदर्श बहुमुखी क्याम्पस, धादिङ रूपर गिरी
८३. हनुमन्तेश्वर क्याम्पस दोलखा
८४. खोटाङ क्याम्पस, खोटाङ सन्तोषी फुयाल
८५. कानपुर क्याम्पस, काभ्रे सुनीता तामाङ
८६. अमरदीप क्याम्पस, सुर्खेत हरि देवकोटा
८७. काठमाडौं बि केन्द्रीय क्याम्पस सुन्दर लामा
८८. उद्धव क्याम्पस, पाल्पा निर्जन आचार्य
८९ त्रियुगा क्याम्पस, उदयपुर सुनील तमाङ
९० सिद्धदेव ब. क्याम्पस, पाँचथर रविन सम्बाहाम्फे लिम्बु
९१ सिमपानी क्याम्पस, खोटाङ रोशन पोखरेल
९२ मादी ब. क्याम्पस, संखुवासभा नवराज बडुवाल
९३ रामेश्वर क्याम्पस, संखुवासभा नवीन याख्या राई
९४ भीमज्योति शिक्षा क्याम्पस, खुर्कोट चूडामणि श्रेष्ठ
९५ धादिङ बैरेनी नमुना बागेश्वरी क्या
९६ जनक क्याम्पस, भकुन्डे, काभ्रे सरला दाहाल
९७ अन्नपूर्ण सामुदायिक क्याम्पस,कार्किनेटा हिमाल श्रेष्ठ
९८ सेती क्याम्पस, बझाङ विमला अवस्थी
९९ कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला कमला पन्त
१०० खप्तड आदर्श क्याम्पस, डोटी रमेश पचेरा
१०१. बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा केशरबहादुर भाट
१०२. जनहित ब. क्याम्पस, जोमसोम, मुस्ताङ रविन बानियाँ गुरुङ
१०३. महादेव क्याम्पस रातमाटे, नुवाकोट प्रदीप नेपाल
१०४. जिरी क्याम्पस, दोलखा समीर खड्का
१०५. जितपुर क्याम्पस, धनकुटा प्रतिमा श्रेष्ठ

नेपाल विद्यार्थी संघ

क्र.सं. क्याम्पस जिल्ला सभापति
१. गोकुलेश्वर कृषि क्याम्पस बैतडी अध्यक्षः राजेन्द्र बम
२ प्रकाश बहुमुखी क्याम्पस काभ्रे अध्यक्षः तृष्णापन्त उप्रेती
३ नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ अध्यक्षः सरोजराज पाण्डे
४ मच्छिन्द्र बहुमुखी क्याम्पस धादिङ अध्यक्षः प्रमोद गिरी
५ मंगला क्याम्पस लमजुङ अध्यक्षः विश्वनाथ मिश्रा
६ काठमाडौं कान्तिपुर क्याम्पस काठमाडौं अध्यक्षः पावल वज्राचार्य
७ दीपायल क्याम्पस डोटी अध्यक्षः जीवन भण्डारी
८ घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी अध्यक्षः जितेन्द्र बोहोरा
९ दूधकोसी क्याम्पस सोलुखुम्बु अध्यक्षः मिलन केसी
१० त्रिपुरेश्वर शिक्षा क्याम्पस सिन्धुली अध्यक्षः वसन्त अधिकारी
११ कोटदेउला जनआदर्श क्याम्पस दैलेख अध्यक्षः रमाकुमारी नेपाली
१२ कपुरकोट क्याम्पस सल्यान अध्यक्षः सन्देश आचार्य
१३ सिंजा बहुमुखी क्याम्पस जुम्ला अध्यक्षः अमरसिंह खत्री
१४ त्रिपुरा सुन्दरी क्याम्पस अछाम अध्यक्षः भीम कुँवर
१५. राधादामोदर संस्कृत विद्यापीठ स्याङ्जा अध्यक्षः सोवित पाठक
१६. सप्तकोषी बहुमुखी क्याम्पस सुनसरी अध्यक्षः प्रतिक राई
१७. अपिलम्पा क्याम्पस हुती दार्चुला अध्यक्षः तोयराज भट्ट
१८. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु दार्चुला अध्यक्षः धरेन्द्र धामी
१९. ठोकर्पा सामुदायिक क्याम्पस सिन्धुपाल्चोक अध्यक्षः वसन्त महत
२०. सरस्वती संस्कृत विद्यापीठ, मणिग्राम रूपन्देही अध्यक्षः विष्णु पौड्याल
२१. मालुङ्गा सार्वजनिक ब. क्याम्पस स्याङ्जा अध्यक्षः खगेन्द्र भट्टराई
२२. मातृभूमि क्याम्पस लमजुङ अध्यक्षः रमेश ढुंगेल
२३. भक्ति आर्दश क्याम्पस लमजुङ अध्यक्षः सुशील रेग्मी
२४ ईशानेश्वर क्याम्पस लमुजङ अध्यक्षः सुनील भुजेल
२५ सोताङ पब्लिक क्याम्पस सोलुखुम्बु अध्यक्षः धीरज राई
२६ गौरीगञ्ज क्याम्पस झापा अध्यक्षः देव राजवंशी
२७ काँकरभिट्टा क्याम्पस झापा अध्यक्षः सुरज उप्रेती
२८ गुप्तेश्वर क्याम्पस पर्वत अध्यक्षः शिशिर क्षत्री
२९. शहीद कृष्ण क्याम्पस तनहुँ अध्यक्षः शीर्षक भट्टराई
३०. ज्योति ब. क्याम्पस अर्धखाँची अध्यक्षः सागर बेल्बासे
३१. जनप्रशासन ब. क्याम्पस पर्वत अध्यक्षः रमेश सुवेदी
३२. रुवाकोट महासिला ब. क्याम्पस पर्वत अध्यक्षः सिर्जना मल्ल ठकुरी
३३. रामपुर ब. क्याम्पस कञ्चनपुर अध्यक्षः भगत राना
३४. कंकालिन क्याम्पस, ठूलो पाखुरा सिन्धुपाल्चोक अध्यक्षः विमल योञ्जन
३५. जनसिद्धेश्वर ब. क्याम्पस बाँके अध्यक्षः चित्रकला पुन
३६. ज्ञानुदय ब. क्याम्पस बाँके अध्यक्षः हिमाल पंगेनी
३७. चापाकोट ब. क्याम्स स्याङ्जा अध्यक्षः सविन डोटेल
३८. गलकोठ बहुमुखी क्याम्पस बाग्लुङ अध्यक्षः गुमानसिंह भण्डारी
३९. शहीद आदर्श क्याम्पस काठमाडौं अध्यक्षः निराजन नेपाल
४०. शंकरपुर क्याम्पस, पस्सी दार्चुला अध्यक्षः कमला पन्थ
४१. खप्तड बहुमुखी क्याम्पस, मसुरिया कैलाली अध्यक्षः दीपक साउद
४२. नारद आदर्श क्याम्पस उदयपुर अध्यक्षः प्रताप राई
४३. लेटाङ बहुमुखी क्याम्पस मोरङ अध्यक्षः विक्रम चापागार्इं
४४. खप्तड बहुमुखी क्याम्पस तेह्रथुम अध्यक्षः पवित्रा पौड्याल
४५. पार्वती बहुमुखी क्याम्पस, ढुङ्गखर्क काभ्रे अध्यक्षः पुरुषोत्तम तिम्लिसिना
४६. चैतन्य क्याम्पस, बनेपा काभ्रे अध्यक्षः माधवशर्मा
४७ हरैया बहुमुखी क्याम्पस रूपन्देही अध्यक्षः प्रकाश पौड्याल
४८. मंगल जय विजय काभ्रे अध्यक्षः भीम श्रेष्ठ
४९. जिरखिम्ती बहुमुखी क्याम्पस तेह्रथुम अध्यक्षः दिपेन गौतम
५०. काभ्रे बहुमुखी क्याम्पस काभ्रे अध्यक्षः यजेश्वर कायस्थ
५१. आबुखैरेनी बहुमुखी क्याम्पस तनहँु अध्यक्षः पूर्णिमा थापा
५२. सगरमाथा इ. कलेज ललितपुर अध्यक्षः क्षितिजसिंह ठकुरी
५३. मोहन्यल बहुमुखी क्याम्पस, भजनिया कैलाली अध्यक्षः जीवन जैशी
५४. वीरगन्ज नर्सिङ क्याम्पस पर्सा अध्यक्षः प्रशंसा पाण्डे
५५. गरामनी क्याम्पस झापा अध्यक्षः विनोद उप्रेती
५६. त्रिबेणी बहुमुखी क्याम्पस डडेल्धुरा अध्यक्षः कृष्ण धामी
५७. रोलेश्वर बहुमुखी क्याम्पस कञ्चनपुर अध्यक्षः आशा भट्ट
५८. जगन्नाथ बहुमुखी क्याम्पस बैतडी अध्यक्षः कमल भट्ट
५९. विन्ध्यवासिनी विद्यापीठ, पोखरा कास्की अध्यक्षः केशव आचार्य
६०. मेलौनी क्याम्पस बैतडी अध्यक्षः केशव चन्द
६१ रूरू संस्कृत क्याम्पस गुल्मी अध्यक्षः सूर्य रिजाल
६२. जनचेतना ब. क्याम्पस, कालिकोट अध्यक्षः प्रकाश अर्याल
६३. जनता बुहुमुखी क्याम्पस सुर्खेत ं अध्यक्षः पुरन रावल
६४. वीरेन्द्र विद्या मन्दिर कैलाली अध्यक्षः धनञ्जय रिमाल
६५. लम्की ब. क्याम्पस कैलाली अध्यक्षः ललित जैशी
६६. देवकोटा ब. क्याम्पस नवलपरासी अध्यक्षः सुशील चापागाईं
६७. डोटी ब. क्याम्पस डोटी अध्यक्षः बालकृष्ण साउद
६८. अरनिको कलेज सिन्धुपाल्चोक अध्यक्षः हेमन्त श्रोष्ठ
६९. जनज्योति क्याम्पस भिमाद तनहुँ अध्यक्षः सुनील श्रेष्ठ
०. गल्याङ ब. क्याम्पस स्याङ्जा अध्यक्षः प्रेमनारायण रेग्मी
७१. त्रिभुवन आर्दश ब. क्याम्पस स्याङ्जा अध्यक्षः सुनील चापागाईं
७२. पोखरा नर्सिङ क्याम्पस पोखरा अध्यक्षः अनामिका बस्नेत
७३. पाथीभरा ब. क्याम्पस ताप्लेजुङ अध्यक्षः प्रेमकुमार राई
७४. पथरी ब. क्याम्पस मोरङ अध्यक्षः गोपाल साङ्गा
७५ बासगढी ब. क्याम्पस बर्दिया अध्यक्षः शंकर रानाभाट
७६. बर्दिया ब. क्याम्पस बर्दिया अध्यक्षः सागर पौड्याल
७७. शारदा ब. क्याम्पस बर्दिया अध्यक्षः विकास कोइराला
७८. चुरे क्याम्पस बर्दिया अध्यक्षः नगेन्द्र हमाल
७९. अमर शहीद ब. क्याम्पस बर्दिया अध्यक्षः दिलीप चौधरी
८०. बढुवा ब. क्याम्पस उदयपुर अध्यक्षः महेश खड्का
८१. वाणगंगा ब. क्याम्पस कपिलवस्तु अध्यक्षः माधव पौडेल
८२. त्रिभुवन त्रिशूली क्याम्पस नुवाकोट अध्यक्षः पारस अधिकारी
८३. जनप्रशासन क्याम्पस काठमाडौं अध्यक्षः पंकज सुवेदी
८४. पाँचथर क्याम्पस, शुक्रबारे तेह्रथुम अध्यक्षः पवित्रा पौडेल
८५. जनप्रिय क्याम्पस पोखरा अध्यक्षः आशिष गुरुङ
८६. वन अध्ययन विज्ञान संस्था हेटौंडा अध्यक्षः हेमचन्द्र जोशी
८७. जनज्योति ब. क्याम्पस रौतहट अध्यक्षः संगम श्रेष्ठ
८८. द्रव्यशाह ब. क्याम्पस गोर्खा अध्यक्षः प्रवीण बस्नेत
८९ आदिकवि क्याम्पस तनहुँ अध्यक्षः दुर्गा भण्डारी
९० सोलुखुम्बु क्याम्पस सोलुखुम्बु अध्यक्षः विक्रान्त कुलु
९१ त्रियुगा ब. क्याम्पस, मोतीगाडा उदयपुर अध्यक्षः रोशन कार्की
९२ दार्चुला ब. क्याम्पस दार्चुला अध्यक्षः महादेव जोशी
९३ धौलागिरी ब. क्याम्पस बाग्लुङ अध्यक्षः मन ब. थापा
९४ डडेलधुरा शिक्षा क्याम्पस डडेलधुरा अध्यक्षः जगत् ऐर

९५ कर्णाली ब. क्याम्पस कालीकोट अध्यक्षः नन्दलाल जैसी
९६ चन्द्रोदय ब. क्याम्पस धादिङ अध्यक्षः सुदीप गौली
९७ दमक ब. क्याम्पस झापा अध्यक्षः विनोद चापागाईं
९८ हिमाल दिव्य क्याम्पस सोलुखुम्बु अध्यक्षः उद्योग राई
९९ परशुराम संस्कृत क्याम्पस डडेल्धुरा अध्यक्षः महेश कलौनी
१०० भीमदत्त क्याम्पस डडेल्धुरा अध्यक्षः सागर पाठक
१०१. माउन्टेन व्यवस्थापन क्याम्पस डडेल्धुरा अध्यक्षः प्रेम मल्ल
१०२. वायो क्याम्पस पर्सा अध्यक्षः सुधीर कर्ण
१०३. पूवाञ्चल इ. कलेज सुनसरी अध्यक्षः सञ्जय यादव
१०४. सुक्लाफाटा जनता क्याम्पस कञ्चनपुर अध्यक्षः रवीन्द्र चौधरी
१०५. अपि कलेज दैलेख अध्यक्षः दानबहादुर शाही

प्रतिक्रिया दिनुहोस्